मह बेचेर मनग्गे कमाउँदै मिश्र

अमरराज नहर्की
दमौली ,१ पुस ।
व्यास नगरपालिका–१ गल्वुवेशीका रामनाथ मिश्रले मह र मौरी बिक्री गरेर मनग्गे आम्दानी लिन सफल भएका छन् ।
मह किन्न ग्राहक घरमा नै आउने गरेको आउने गरेको कृषक मिश्रले बताए । १ मानाको रु एक हजारमा ३ सय ५० माना मह घरैबाट ग्राहकले किनेर लगेर यो वर्ष तीन लाख ५० हजार रुपैयाँको मह बिक्री भईसकेको कृषक मिश्रले जानकारी दिए ।
मिश्रले ६० घार सेरेना जातका मौरी पालेका छन् । त्यस मौरीबाट छुट्टाएर ५० घार मौरी र मह बेचेर वार्षिक रुपमा सात लाख रुपैयाँ मुनाफा हुने गरेको कृषक मिश्रले बताए । यो वर्ष पानी धेरै परेकोले मौरीले मह संकलन थोरै गरेकोले गत वर्ष भन्दा एक लाख रुपैयाँ कम नाफा भएको उनले बताए । घरमै आएर ग्राहकले लाने क्रम बढेसँग ३ घार वाट शुरु गरेर ६० पु¥याएको उनले बताए । ‘धेरै जसो स्थायी ग्राहक छन् महको माग पु¥याउन नसकेर १ सय वटा घार बनाउने गरी योजना बनाईसकेको छु’ मिश्रले भने ।


‘मह बेच्न कतै जान परेको छैन घरैबाट बिक्री भएकोले विस्तार गरिरहेको छु’ मिश्रले भने । घरको छतमा साढे दुइ आना र जमिनमा एक रोपनीमा क्षेत्रफलमा मिश्रले मौरी पालन गरेका छन् । कृषक मिश्रले पाँच वर्ष अघि देखि श्रीकृष्ण मौरी फर्म सञ्चालनमा ल्याएका हुन् । । शिशाको गिलासमा पानी राख्ने र असली महको थोपा चुहाउँदा फेदमा पुग्ने र नक्कली मह भने तैरिने मिश्रले जानकारी दिए ।


नेपाली युवाहरुले विदेशमा मोबाईलमा बौल्न पनि राम्रोसँग पूmर्सद नहुने गरेर काम गर्ने गरेको सोही अनुसारको नेपालमा पसिना बगाउने हो भने आम्दानी लिन सकिने मिश्रको भनाइ छ । ‘जे गर्दा पनि हुन्छ हरेश खान भएन निरन्तरता दिनु पर्छ सफलता हात लाग्छ’ मिश्रले भने, शुरुका दिनमा मौरी पाल्ने तरिकाको ज्ञान नहुँदा घार खाली भए म निराश नभई सिक्दै गएँ अहिले सफलता मिलेको छ । कृषक मिश्र जिल्लाको नमुना मौरी पालक कृषक भएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी बताउँछन् । साविक कृषि विकास कार्यालयबाट २५ घार र मौरी अनुदानमा पाएको उनले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s