गाउ“मै सुन फलाउने सपना

देशका विभिन्न ग्रामीण भेगबाट हजारौंको संख्यामा युवाहरु रोजगारीका लागि विदेश भाँसिनेक्रम जारी रहेको छ । यसरी विदेश भाँसिने क्रममा केही संख्यामा विकसित मुलुकहरुमा पुग्ने गरेका छन् भने अधिकांश भने खाडीमा पुग्ने गरेका छन् । तर दुरभाग्य विदेशमा जति रगत र पसिना बगाए पनि विदेश भाँसिनेहरुको नियती भने साहुँको ऋण तिर्ने बाहेक अरु खासै उपलब्धी हासिल हुन सकिराखेको छैन । त्यसमा पनि यो कोरोनाको संक्रमणको घडीमा विदेश भाँसिनेहरुको नियती त झन निकै कहाली लाग्दो छ । जुन शब्दमा वर्णन गर्न समेत निकै पीडा दायिक छ । युवा पुस्ताहरु रोजगारीका लागि विदेश भाँसिने क्रम जारी रहेको यो घडीमा व्यास नगरपालिकाका दुई जना भूतपूर्व सैनिक हिमलाल श्रेष्ठ र देवेन्द्र क्षेत्रीले भने गाउँमै सुन फलाउने सपना बुनेका छन् । श्रेष्ठ र क्षेत्रीले गाउँको खेर गएको जमिनमा ड्रागन फ्रुटको खेती गरेर सुन फलाउने सपना बुनेका हुन् ।

गाउँको खेर गएको जमिनमा सुन फलाउने सपना बुनेका श्रेष्ठ र क्षत्रीले प्रारम्भमा व्यास नगरपालिकाको वडा नं ११ को धरमपानीमा करिब ९ लाख रुपैयाँ खर्च गरेर १५ महिना अगाडि देखि ड्रागन फ्रुटको खेती सुरु गरेका छन् । ड्रागन फ्रुट त्यस्तो फल हो जुन फल एक पटक लगाए पछि कम्तिमा पनि १० बर्ष सम्म लगातार फल दिने गर्दछ । त्यस्तै फलको माग बजारमा निकै नै रहेको छ । फल उत्पादन मात्र हुन पर्यो व्यापारीहरु किन्नका लागि घरमै आउने गर्दछन् । तसर्थ रोजगारीका लागि विदेश भाँसिएका हजारौ युवाहरु आफ्नै गाउँघरमा सुन फलाउने कार्यमा लाग्दा त्यो अत्यन्त फलदायी हुने थियो ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s