वैदेशिक रोजगार छात्रवृत्तिको लागि ६९ जनाको नाम सिफारिस

दमौली ,२९ मंसिर ।
शिक्षा विकास तथा समन्वय इकाइ तनहुँद्धारा वैदेशिक रोजगार छात्रवृत्तिका लागि तनहुँबाट ६९ जना विद्यार्थीहरुको नाम सिफारिस गरिएको छ । इकाईले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा सिफारिस गरेको हो ।
सिफारिस पछि छनोटमा परेका विद्यार्थी शिसु देखि कक्षा ८ सम्मको वार्षिक ८ हजार र कक्षा ९ देखि १२ सम्मका लागि वार्षिक १२ हजार रुपैयाँ प्राप्त गर्ने इकाईले जनाएको छ । । वैदेशिक रोजगारमा रहँदा ज्यान गुमाएका र अंगभंग भएका अभिभावकका सन्ततिहरुले सो छात्रवृत्तिका लागि निवेदन दिन पाउने व्यवस्था अनुसार संकलन गरेर वोर्डमा पठाई हो ।


एउटै अभिभावकका ३ जना सन्ततिसम्मलाई त्यस्तो छात्रवृत्ति प्रदान गर्न सकिने इकाईका शाखा अधिकृत भरतराज बरालले जानकारी दिए । छात्रवृत्ति पाएका ती विद्यार्थीहरुलाई १८ वर्षसम्म निरन्तर प्रदान गरिने उनले बताए ।
इकाईका अनुुसार द्वन्द्व पीडित अभिभावकका बालबालिकाका लागि प्रति व्यक्ति १२ हजारदेखि १८ हजारसम्म वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिन्छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले त्यस्ता बालबालिकाहरुको नाम सिफारिस गरी पठाउने गरिन्छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा वैदेशिक रोजगार छात्रवृत्तिका लागि सिफारिस गरिएका ४१ जना विद्यार्थीहरुलाई ३ लाख ६४ हजार रुपैयाँ प्रदान गरिएको थियो । उक्त छात्रवृत्ति वापतको रकम सम्बन्धित विद्यार्थी वा अभिभावकको खातामा एकमुष्ठ जम्मा हुने बरालले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s