विभिन्न मुद्धामा फरार ९ जना अभियुक्तहरु पक्राउ

दमौली ,२९ मंसिर ।
विभिन्न फरार मुद्धाका ९ जना अभियुक्तलाई तनहुँ प्रहरी नियन्त्रणमा लिएको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही अदालतबाट पैmसला भई दण्ड, जरिवाना, धरौटी, कोट फि र सरकारी विगो समेत समेत तिर्न बाँकी रहेकालाई खोजी गर्ने कार्यलाई तिव्रता दिने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
बहुविवाह मुद्दामा विगत ४ बर्षदेखी फरार रहेका व्यास नगरपालिका वडा नं. १० नयाँबस्ती बस्ने बर्ष ३३ को पदमबहादुर बि.क. पक्राउ परेका छन् । तनहुँ जिल्ला अदालतबाट २०७३ वैशाख १० मा १ बर्ष ६ महिना कैद र रु. १० हजार रुपैया जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको फरार रहेकोले पक्राउ गरिएको हो । निजको सम्बन्धित घर वतनमा नै पक्राउ गरिएको डिएसपी युवाराज तिमिल्सिनाले जानकारी दिए । सवारी ज्यान मुद्दामा विगत १२ बर्ष देखी फरार रहेका जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. १ चिसापानी बस्ने श्यामलाल श्रेष्ठलाई पनि पक्राउ परेका छन् ।


अदालतले २०६५ साल पुस २९ गतेको आदेशले १ महिना कैद र दुईहजार जरिवाना हुने गरी फैसला भएकोले पक्राउ गरिएको हो । कुटपिट मुद्दाका फरार १ जना, नाता कायम मुद्दाका फरार ३ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ३ जना गरी जम्मा ९ जना व्यक्तिहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा जरिवाना दस्तुर बापत १२ हजार १ सय ७५ रुपैया र १ बर्ष ५ महिना ९ दिन कैद भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s