जन्मोत्सवमा विभिन्न क्षेत्रमा सहयोग

दमौली ,२९ मंसिर ।
व्यास–२ घर भई हाल बेलायतमा बस्दै आएका रजन जंग शाहीले आफ्नो जन्मोत्सवको अवसरमा आइतबार तनहुँका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् ।
आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय माता पिताको स्मृतिमा व्यास नगरपालिका र बन्दीपुर गाँउपालिकाको एक÷एकविद्यालय, वृद्धाश्रम र भानु नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गरेका हुन् । पिता चन्द्रबहादुर शाही र माता छविन्द्र कुमारी शाहीको स्मृतिमा शाहीले व्यास–११ रामथुम्की स्थित चण्डेश्वरी आधारभूत विद्यालयका २२ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । विद्यालयमा अध्ययरत् सिमान्तकृत, विपन्न चेपाङ समुदायका बालबालिकालाई ट्रयाक सुट र जुत्ता मोजा सहयोग गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक शंकर रानाभाट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर परियारले विदेशमा परिश्रम गरी स्वदेशको शैक्षिक विकासमा शाहीले गरेको योगदान प्रशंसनीय रहेको बताए ।


त्यसैगरी शाहीले व्यास–५ पराशर स्थित राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्लाकार्य समिति तनहुँद्धारा सञ्चालित जेष्ठ नागरिक चौतारी वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । दैनिक उपभोग्य चामल, दाल, तेल, आटा, मसला लगायतका सामग्रीहरु शाहीले आश्रमलाई उपलब्ध गराएका हुन् । सहयोग सामाग्री प्रति आभार व्यक्तगर्दैै आश्रमका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाटले यस्तै दाताहरुको सहयोगबाट आश्रम चलेको बताए ।


त्यस्तै शाहीले आइतबारनै भानु नगरपालिका–६ चेपाङ बस्तीका ८ घरपरिवारलाई सिरक हस्तान्तरण गरेका छन् ।
त्यस्तैगरी शाहीले आइतबार नै बन्दीपुर–१ भुडाँटार स्थित ज्योति प्रथामिक विद्यालयका ४० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । रोट¥याक्ट क्लब अफ वेदव्यासले शाहीसँग समन्वय गरी क्लबको अफरिङ ह्याप्पीनेस–२ प्रोजेक्ट अन्तर्गत बालबालिकालाई शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गरिएको क्लबकी अध्यक्ष सन्जु घलेले जानकारी दिइन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s