उखु किसानको माग सम्बोधन गर

वक्यौता रकम माग गर्दै उखु किसानहरु राजधानीमा आन्दोलनमा उत्रिएका छन् । गत बर्षको पुस १८ गते उद्योग वाणिज्य मन्त्रालयले एक महिना भित्र रकम उपलब्ध गराईदिने सहमति भएता पनि कार्यान्वयन नभएसगै उखु किसानहरु राजधानी केन्द्रित आन्दोलनमा होमिन बाध्य भएका हुन् । पीडित कृषकहरुले बताए अनुसार बर्षौ देखि उखु मिलहरुबाट भुक्तानी पाउनु पर्ने रकम उनीहरुले पाउन सकिराखेका छैनन् । यसरी रकम भुक्तानी नपाउँदा कृषकहरुले निकै मार खेप्दै आईरहनु परेको छ । विश्वका अन्य मुलुकमा हेर्ने हो भने कृषकहरुले उत्पादन गरेका कृषिजन्य सामाग्रीको खरीदको जिम्मा राज्यले लिने गर्दछ । तर हामी कहाँ भने उखु किसानहरु रकम भुक्तानीका लागि बर्षैनी बिलौना गरिरहनु पर्दछ । त्यतिमात्र होइन राज्यले उखु किसानहरुलाई उपलब्ध गराउने भनेको अनुदान उपलब्ध गराउने विषयमा समेत राज्य आनाकानी गरिरहेको छ । यसबाट के स्पष्ट हुन्छ भने उखु किसानहरु प्रति राज्यले गर्ने व्यवहार नै विभेदपूर्ण रहेको छ । यदि त्यसो नहुँदो हो त हरेक बर्ष रकम भुक्तानीको माग गर्दै किसानहरु सडकमा उत्रिनु पर्ने थिएन ।

सामान्य हिसाबले हेर्दा उखु किसानहरुलाई रकम भुक्तानी नगरिनुमा चिनी मिलहरुको बदमासी जस्तो लाग्छ । त्यो एक हिसाबलेम सही पनि हो । तर भित्रि रुपमा भने नेपालमा उखु खेतीलाई तहसनहस पार्ने गिरोहको ठूलो हात रहेको छ । अर्थात छिमेकी मुलुक भारतमा उत्पादन भएको चिनी नेपाल भित्र्याउने गिरोहहरुले उखु किसानको रकम भुक्तानीमा अवरोध सिर्जना गरिाखेका छन् । तसर्थ यस विषयमा सरकार जिम्मेवार ढंगले प्रस्तुत हुनु जरुरी छ । हेरौं, उखु किसानहरुको रकम भुक्तानी गर्ने विषयमा सरकार कत्तिको सम्वेदनशील बन्छ त्यो त सरकारको कार्यशैलीबाट स्पष्ट हुनेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s