अधिनायकवादी ओली सरकारको दिन सकिदैछ –के.स. रिजाल

काठमाण्डौं ,२९ मंसिर । नेपाली काग्रेसले आज देशव्यापी रुपमा विरोध सभा आयोजना गरयाे ।

७७ जिल्लामा आयोजना गरिने विरोध सभालाई पार्टी सभापति शेरबहादुर देउवा देखि वरिष्ठ नेता रामचन्द्र पौडेल सम्मले विरोध सभालाई सम्बोधन गरेका थिए ।
यसैक्रममा नेपाली काग्रेस तनहुँले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ओली सरकारको दिन सकिदै गएको बताएका छन् । ओली सरकार अधिनायकवादी पथमा अगाडि बढेको छ अधिनायकवादी सरकारको आयु लामो हुँदैन के.स. रिजालले भने । ओलीलाई विधि सम्मत ढंगले सरकार सञ्चालन गर्नका लागि जनताले निर्वाचन मार्फत पठाएका हुनु तर ओली विधी विपरित चल्दैछन् के.स. रिजालले भने । ओली विधि विपरित चलिरहने हो भने सिहंदारबाट जनताले बाहिर निकाल्ने समेत रिजालको भनाई थियो ।

काग्रेस वाध्य भएर ओली सरकारको विरोधमा उत्रिएको समेत के.स.रिजालको भनाई थियो । ओलीले लोकतन्त्र र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका काग्रेस वरिष्ठ नेता माथि गरेको दुव्र्यवहार काग्रेसलाई मात्र नभई नेपाली जनतालाई स्वीकार्य नभएको बताएका थिए । ओली सरकारले पछिल्ला दिनहरुमा सिङगो नेपाली जनता माथि अपमान गरिरहेको के.स. रिजालको भनाई रहेको थियो । मुलुकको कोरोनाको संक्रमणमा गुज्रिएको वर्तमान घडीमा संसद सुचारु गर्नुपर्ने भएपनि दबाब थेग्न नसक्ने अवस्था सिर्जना भएपछि ओली संसद सुचारु नगरेको समेत रिजालको भनाई थियो । अरिङगालहरुको ईशारामा तनहुँको प्रशासन सञ्चालन हुँदा यस किसिमको परिस्थिती सिर्जना भएको हुँदा आगामी दिनमा सच्चिन समेत के.स.रिजालले चेतावनी दिएका थिए ।अन्यथा त्यसको परिणाम राम्रो नहुने समेत उनको भनाई थियो । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको कदम प्रति समेत के.स. रिजालले कडा आपत्ति जनाएका थिए । राष्ट्रपतिलाई नेकपाको अध्यक्ष बन्ने चाहना रहेको भए राष्ट्रपतिबाट राजीनामा दिएर आउन के.स. रिजालले चेतावनी समेत दिएका थिए ।

सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गोविन्द भट्राईले वर्तमान सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको बताएका थिए । सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको छ भनेर नेकपाका अर्का अध्यक्ष प्रचण्डको प्रतिवेदनबाट नै स्पष्ट भएको समेत के.स. भट्राईको भनाई थियो । केपी ओलीको गलत क्रियाकलापका कारण प्रतिगमनकारीहरुले शीर ठाडो पार्दै हिड्न थालेको जिकिर समेत के.स.भट्राईले गरेका थिए । त्यस्तै सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले मण्डले प्रवृतिको नेतृत्व प्रधानमन्त्री केपी ओली गरिरहेको बताएका थिए । त्यस्तै तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ प्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । सांसद श्रेष्ठ संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदको सदस्यमा निर्वाचित भएपनि उनको प्रवृति प्रवृति विगतको जस्तै रहेको बताएका थिए । २०४६ सालको परिवर्तन अगाडि प्रजातन्त्र ल्याउन खोज्ने विरुद्ध जुन दमनकारी नीति अपनाउने मण्डले प्रवृति श्रेष्ठमा थियो आज पनि त्यहि प्रवृति कायमै छ सभापति न्यौपानेले भने । त्यस्तै तनहुँका प्रशासकहरुलाई समेत नेकपाको ईशारामा नै जनभावना अनुरुप काम गर्न सभापति न्यौपानेले सुझाव दिएका थिए ।अन्यथा त्यसको परिणाम गम्भीरु हुने सभापति न्यौपानेको थियो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्यहरु रामचन्द्र पोखरेल ,झुलबहादुर आले , प्रदेश सभा सदस्य डोवाटे वि.क.,सरिता गुरुङ लगायतले समेत सरकारको दमनकारी नीतिको विरुद्धमा काग्रेस विरोधमा उत्रनु परेकोमा जोड दिएका थिए । कार्यवाहक सभापति जितप्रकाश आलेको सभापतित्वमा भएको कार्यक्रमा नेपाली काग्रेस तनहुँका सचिवद्धय विश्व वास्तोला, लक्ष्मी आचार्य , तरुण दल तनहुँका अध्यक्ष वीरवहादुर थापा , नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनाल लगायतले बोलेका थिए ।
यसअघि पार्टी कार्यालयबाट काग्रेसको विरोध रयाली सुरु भएको थियो । विरोध रयालीमा हजारौं संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन् । जुलुसका सहभागीहरुले सरकार विरुद्ध कडा नाराबाजी गरेका छन् । जुलस सफा सडक ,भोर्लेटार चोक , गणेशमान चोक हुँदै अनसनचोकमा पुगेर सभामा परिणत भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s