तनहुँको सभालाई डा. रिजालले सम्बोधन गर्ने

काठमाण्डौं ,२८ मंसिर । नेपाली काग्रेसले भोली देशव्यापी रुपमा विरोध सभा आयोजना गर्दैछ ।

७७ जिल्लामा आयोजना गरिने विरोध सभालाई पार्टी सभापति शेरबहादुर देउवा देखि वरिष्ठ नेता रामचन्द्र पौडेल सम्मले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जसअनुसार पार्टी सभापति देउवाले मकवानपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने वरिष्ठ नेता पौडेलले काठमाण्डौको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी तनहुँमा आयोजना गरिने विरोध सभालाई काग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

डा. रिजालले भोली दमौलीमा गर्ने विरोध सभालाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ । किनकि डा. रिजाल केही समय अगाडि ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न आउने क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुले अवरोध गरेका थिए । त्यतिबेला विषयलाई समेत डा. रिजालले कोट्याउन सक्ने धेरैको अनुमान छ । यसैगरी काग्रेस काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले सिरहाको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यता भोलि आयोजना गरिने विरोध सभाको तयारीमा तनहुँ काग्रेस विशेष ढंगले जुटेको छ । तनहुँ काग्रेसले भोलिको विरोधमा सभामा जिल्लाको १० वटै स्थानीय तहबाट १० हजार भन्दा बढी कार्यकर्ताहरु उतार्ने तयारी गरेको छ । विरोध सभामा उपस्थितीका लागि टोल–टोलबाट कार्यकर्ता उतार्नका लागि काग्रेसले अभियान नै चलाएको छ । काग्रेसले गत मंसिर १७ गते व्यास नगरपालिका वडा नं १ तालघारे र वडा नं ११ रानीगाउँ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रममा प्रशासनबाट काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कार्यकर्ता माथि भएको दुव्र्यवहार ,संसद आव्हान र भ्रष्टचार लगायतका विषयमा विरोध प्रदर्शन आयोजना गरेको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s