हिन्दूत्वको एजेण्डा लिएर देश दौडाहामा निस्किए के.स.भण्डारी

दमौली , २६ मंसिर । हिन्दूत्वको एजेण्डा लिएर काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी देश दौडाहामा निस्किएका छन् ।

खासगरी पार्टीको आगामी महाधिवशेनमा हिन्दूत्वको एजेण्डालाई स्थापित गर्ने उदेश्यका साथ के.स.भण्डारी देश दौडाहामा निस्किएका हुन् । के.स.भण्डारीले देश दौडाहा अभियान गृह जिल्ला तनहुँबाट सुरु गरेका हुन् । तनहुँबाट देश दौडाहा अभियान सुरु गरेका भण्डारीले कास्कीको पोखरामा काग्रेस पार्टीसंग आवद्ध हिन्दूवादी नेताहरु संग भेटघाट समेत गरेका थिए । पोखरामा भएको भेटघाटमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । के.स.भण्डारी कास्की लगत्तै स्याङजा पुगेका थिए । स्याङजामा पार्टीद्धारा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भण्डारीले हिन्दूत्वको एजेण्डालाई सार्थकता दिलाउनका लागि महाधिवेशन प्रतिनिधीहरु चयन गर्ने बेलामा हिन्दूत्वको एजेण्डा बोक्ने व्यक्तिहरु निर्वाचित हुनु जरुरी रहेको बताएका थिए ।त्यसका लागि अहिले देखि ने तयारीमा जुट्न समेत के.स.भण्डारीले आग्रह गरेका थिए ।

सनातन हिन्दू धर्म सस्कृति नेपाल र नेपालीको पहिचान भएको हुँदा नेपाल र नेपालीको पहिचान जोगाउनका लागि पनि हिन्दूत्वको एजेण्डालाइई आगामी महाधिवेशनमा सशक्त ढंगले उठाउन के.स.भण्डारीले जोड दिएका थिए । हिन्दूत्वलाई समाप्त पारे सगै नेपालको राष्ट्रियतालाई समाप्त पार्ने योजना विदेशीहरुले बनाई रहेको हुँदा कुनै नेपालको राष्ट्रियता जोगाउनका लागि पनि नेपाललाई हिन्दू राष्ट्र बनाउन अपरिहार्य रहेको भण्डारीले धारणा राखेका थिए । नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दै गर्दा सबै धर्म सस्कृतिको संरक्षण हुने समेत भण्डारीको तर्क रहेको छ ।भण्डारी स्याङजा लगत्तै रुपन्देही पुगेका छन् । रुपन्देहीमा पनि कार्यकर्तालाई भेटघाट गरेर हिन्दूत्वको एजेण्डाको विषयमा वहस चलाएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s