हिंसा पीडित कोषलाई व्यापकता दिनु जरुरी

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हरेक वर्ष विश्वभरि नै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । अभियान मनाउने क्रममा हिंसा न्यूनिकरण गर्ने उद्धेश्यले नेपालमा पनि विविध कार्यक्रम भईरहेका छन् । यो वर्ष ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराको साथ लैङ्गिक हिंसा विरुद्ध तनहुँमा पनि अभियान मनाइरहेका छौँ । दिवस मनाउन थालेको धेरै भयो तर महिला हिंसाको घटनाहरूमा कमी आएको देखिँदैन । १६ दिन हैन वर्षभरी नै अभियान चलाउनुपर्छ भनि आवाज उठिरहन्छ तर व्यवहारमा उर्तानको लागि न त योजना र वजेट छन् न त कार्यक्रम नै । विकासका पूर्वाधार भनेर विशेष गरेर बाटो, घाटो, खानेपानी, विजुली आदिलाई मात्रै लिने गरिन्छ । विकासको पूर्वाधार भनेका आध्यामिक तथा नैतिक शिक्षा झन् महत्वपूर्ण हुन् भन्ने बुभ्mन जरुरी छ । आध्यामिक शिक्षाले समाजलाई नैतिककर्मको बाटोमा डो¥याउन मद्धत पु¥याउँछ । व्यक्ति र समाज नैतिकवान भयो भने देशमा शान्ति र अमनचैन कामय हुन्छ र विकासका पूर्वाधारमा अवरुद्ध पनि हुँदैन । नेपाल प्रहरीको तथ्याङ्कमा चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएका छन् । यही वर्ष बझाङमा सम्झना कामी र २०७५ साल साउन १० गते कञ्चनपुरमा निर्मला पन्त माथि भएको घटना सम्झँदा नै कहाली लागेर आउँछ । हत्याको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबी सहित एक दर्जन टोलीले अनुसन्धान गरिसकेका छन् । अनुसन्धानकै क्रममा झण्डै एक सयभन्दा बढीको डीएनए परीक्षण भयो । तर, त्यसबाट हत्यारा सम्बन्धी कुनै पनि सुराक पत्ता लाग्न सकेन निर्मलाको आमाकौ मात्रै हैन देशै भरी आँशुको भल बगे ।

पितृ शतात्मक समाज भएकोले पुरुषको तुलनामा महिला धेरै पीडित छन् । महिलाहरु बलात्कार, घरेलु हिंसा, बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बाल विवाह, जवरजस्तीकरणी, र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना हुने गरेका छन् । साथै कुनै पनि बाहानामा जिस्क्याउने देखि धम्क्याउने सम्मका घटना धेरै भएका छन् । हिंसामा परेका न्यून आर्थिक स्थिती भएका महिलाहरु समस्यालाई दबाएर बस्नेहरु थुप्रै छन् । त्यस्ता समस्यामा परेका महिलाको उद्धार गर्नको लागि व्यास नगरपालिकाले हिंसा पीडित कोषको स्थापना गरेर समस्या प्रति ध्यान दिएको छ । एक लाख रुपैयाँको कोष स्थापना गरिएको छ । त्यसैगरी अवस्था हेरेर एक हजार देखि १० हजार रुपैयाँ सम्म सहयोग प्रदान गर्न सकिने उपप्रमुख मिरा जोशीले १६ दिने अभियानको क्रममा जानकारी दिएकी छिन् यो खुसीको कुरा हो । यस्तै अनुशरण अन्य पालिकाकाले पनि गरे राम्रो हुने थियो ।

सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s