तनहुँका ७८ सामुदायिक विद्यालयको पुनर्निर्माण हुँदै

अमरराज नहर्की
दमौली ,२६ मंसिर ।
२०७२ सालको भूकम्पले क्षति पुगेर पुनर्निर्माण हुन बाँकी रहेका विद्यालयको पुनर्निर्माणको काम दु्रत गतिमा भईरहेको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाबाट तनहुँमा चालु आर्थिक वर्षमा ७८ वटा विद्यालयका भवन पुनर्निर्माणको लागि वजेट विनियोजन भई काम भईराखेको छ । चार कोठे ५२, तीन कोठे ६, दुई कोठे २० गरी उक्त संख्यामा पुनर्निर्माण गरिने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहुँका इकाइ प्रमुख गोविन्दराज पोख्रेलले बताए । चार कोठे भवनको लागि प्रति विद्यालय ७० लाख २५ हजार, तीन कोठेका लागि ३५ लाख ८० हजार र दुई कोठेको लागि २३ लाख ७५ हजार लागत स्टेमट भई काम निर्माणको क्रममा रहेको प्रोख्रेल बताउँछन् । त्यसैगरी प्रति विद्यालय माध्यामिक तहको लागि १६ लाख र आधारभूत तहको लागि १३ लाख ५० हजार लागत स्टमेट भई ६१ वटा शौचालय निर्माण छिट्टै पुरा गरिने इकाई प्रमुख पोख्रेलले बताए ।


त्यसैगरी ५७ वटा विद्यालयलाई खानपानीको जनही ७ लाख ४० हजारको दरले रकम निकासी भएको छ । रकम निकासी भएपछि १० विद्यालयले ४ कोठे, ९ विद्यालयले शौचालय र ६ वटाले खानेपानीको काम शुरुवात गरिसकेको उनले बताए । त्यस्तै म्याग्दे गाँउपालिका–५ स्थित रविचन्द्र प्राथमिक विद्यालय र भिमाद नगरपालिका भिमादको धर्म माध्यामिक विद्यालयले शौचालय निर्माण पुरा गरिसकेको इकाईले जनाएको छ । छात्राछात्र र अपाङ्गता भएका विद्यार्थीहरुका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुने गरी शौचालय निर्माण हुने इकाईका इन्जिनियर अनिलकुमार श्रेष्ठले जानकारी दिए ।


४ कोठेलाई जेठ मसान्त र तीन कोठे सम्मलाई चैत्र मसान्त सम्ममा निर्माण पुरा गर्नुपर्ने इकाई प्रमुख पोख्रेलले बताए । चार कोठेलाई आठ महिना भित्र निर्माण पुरा गर्नु पर्ने भएपनि कोभिड भाईरसको सङ्क्रमणले दुई महिना थप गरी १० महिना सम्ममा पुरा गर्ने काम शुरुवात भएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा ४ कोठे भवनका लागि प्रथम चरणमा १० करोड र दोस्रो चरणमा २९ करोड ४३ लाख ५३ हजार ६८९ बजेट विनियोजन भएको इकाईले जनाएको छ ।


२०७२ सालको भूकम्प तथा पराकम्पनले तनहुँका ४८६ विद्यालय मध्ये २९१ विद्यालयमा प्रत्यक्ष असर परेको र अप्रत्यक्ष रुपमा सबै विद्यालयमा नोक्सान भएको इकाईले जनाएको छ । २०७३÷०७४ देखि पुनर्निर्माण प्रारम्भ भई हाल सम्म ७६ दुई कोठे, तीन कोठे २५ र दुई कोठे ११८ वटा शौचालय, र ५७ वटा खानेपानी गरी जिल्लाका २१३ वटा विद्यालय प्रत्यक्ष लाभान्वित भएको इकाईले जनाएको छ । प्रस्तावित योजनाको सूचीमा परेका विद्यालयहरु मध्येबाट इकाईको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाबाट स्वीकृत भई आएका विद्यालयको पुनर्निर्माण काम भईराखेका छन् ।


ग्रामीण क्षेत्रमा पुनर्निर्माण गरिने स्थान सम्म सडकको नाजुक अवस्था, लकडाउनको प्रभाव, निर्माण सामग्रीको उपलब्धतामा असहजता, सीपमूलक कामदारको कमी जस्ता समस्याले अप्ठ्रो पारेको इकाई प्रमुख पोख्रेलको भनाई छ । विद्यालयको पुनर्निर्माणको प्रस्ताव र स्थानीय तहको सिफारिसको आधारमा निवेदन पेश गर्न लगाउने, भूकम्पबाट क्षति भएको अवस्था, आवश्यक कक्षा कोठा, विद्यार्थी संख्या आदीको आधारमा प्राथमिकता निर्धारण गर्ने गरिएको इकाईका सूचना अधिकारी रामेश्वर लामिछानेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s