दमौली, २४मंसिर । मंसिर २९ को आन्दोलनलाई सशक्त बनाउने निर्णय तनहुँ काग्रेसले गरेको छ ।

तनहुँ काग्रेसको आज बसेको बैठकले सो निर्णय गरेको हो । आन्दोलन सफल बनाउनका लागि पार्टीका सबै भातृ संस्थाहरुलाई परिचालन गर्ने निर्णय पार्टीले गरेको पार्टीका जिल्ला सचिव विश्व वास्तोलाले बताए । २९ गतेको विरोध कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न जिल्लाका १० वटै स्थानीय तहमा समन्वय गरि बलियो उपस्थिती गराउने विषयमा समेत विशेष छलफल भएको सचिव वास्तोलाले बताए । बैठकमा सहभागी नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले धारणा राख्ने क्रममा नेकपाको वर्तमान नेतृत्व अधिनायकवाद लाद्न उद्धत भईरहेको अवस्थामा तनहुँका काग्रेसीहरुले गतिलो जवाफ दिनका लागि विरोध कार्यक्रममा अनिवार्य उपस्थिती जनाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै कार्यवाहक सभापति जितप्रकाश आलेले समेत केपी ओली नेतृत्वको वर्तमान सरकारले काग्रेस माथि दमनको नीति अवलम्बन गरेको हुँदा काग्रेसले सशक्त ढंगले प्रतिरोध गर्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच मंसिर २९ गतेको विरोध कार्यक्रम सशक्त ढंगले सफल बनाउन नेपाली काग्रेस व्यास नगर समितिले नगरबासीलाई अपिल गरेको छ । नगर सभापति शान्तिरमण वाग्लेको अध्यक्षतमा आज बसेको बैठकले सो आव्हान गरेको हो । साथै बैठकले टोल स्तरबाट कार्यकर्ता सहभागी गराउन सबै वडा कार्य समितिलाई अपिल समेत गरेको छ ।