कानुनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा

अमरराज नहर्की
दमौली,२४ मंसिर ।
कानुनी सल्लाहकार नहुँका तनहुँका अधिकांश स्थानीय तहमा न्यायिक समिति काममा अलमलमा पर्ने गरेका छन् ।
दमौलीमा मंगलबार गरिएको लैङ्गिक हिंसाको अवस्था तथा न्यायिक समितिको चुनौती विषयक अन्तर संवाद कार्यक्रममा न्यायिक समितिका संयोजकले कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा अप्ठ्रो परेको बताएका थिए । निर्वाचित भएको झण्डै साढे तीन वर्षको समय पुगि सम्दा पनि स्थानीय तहले कानूनी सल्लाहकार राख्न सकेका छैनन् । न्याय सम्पादनको लागि एक जना कानुनी सल्लाहकारको लागि एक जना अधिवक्ता राख्न पाउने कानुनी व्यवस्था भएपनि कार्यपालिकाको बैठकमा कुरा उठाउँदा जरुरी पर्दैन तपाईले नै टुङ्गाउन सक्नुहुन्छ भन्ने गरेको भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले बताईन् ।


आ–आफ्नै कानूनी सल्लाहकार नराख्दा न्याय सम्पादनमा सकस हुने गरेको बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताइन् । ‘हामीसँग मुद्धा दर्ता गर्ने कर्मचारी पनि छैन लौन एक जना कर्मचारी राख्नु प¥यो भनेर गाउँ सभामा रुनु पर्छ’ उपाध्यक्ष गुरुङले भनिन्– न्यायिक समिति भनेको सिङ्गो पालिकाका हो न्याय सम्पादनको क्रममा त्रुटी हुन पुग्यो भने सबैलाई समस्या हुन्छ यसमा गंभिर हुँदैनन्’ । न्यायिक समितिमा उजुरीको चाप बढिरहेको तर कानूनी सल्लाहकार नहुँदा कतिपय मुद्दाको टुङ्गो लगाउनै मुस्किल पर्ने संयोजकहरुको भनाई थियो । रिसिङ गाउँपालिकाको उपाध्यक्ष गिनुमाया थापा, देवघाट गाउँपालिकी उपाध्यक्ष विमला थापा, घिरिङ गाउँपालिकाको उपाध्यक्ष सरस्वती घिमिरे सिग्देल लगायतले सरकारले न्यायिक समितिका संयोजक र सदस्यलाई न्याय सम्पादनका बारेमा तालिम र प्रशिक्षण ध्यान नदिँदा न्याय सम्पादन गर्नमा झन समस्या परेको गुनासो गरेका थिए । पालिकाले कानूनी सल्लाहकार कार्यविधि बनाएर सल्लाहकार नियुक्त नगरेका कारण न्याय सम्पादन गर्न असहज हुँदै आएको नेपाल बार एशोशियन तनहुँका अध्यक्ष अमृत नेपालीले जानकारी दिए ।

न्यायिक समितिलाई न्याय सम्पादनमा सहयोग पु¥याउने गरी कानूनी सल्लाहकार राख्नुपर्ने भए पनि अधिकांश पालिकामा सो व्यवस्था हुन नसकेकाले समस्या झेल्नु परेको उनले बताए । व्यास नगरपालिकाले भने कानुनी सल्लाहकारको व्यवस्था गरेको छ । हरेक बिहीबार इजलास बस्ने गरेको र कानुनी सल्लाकारसँग परामर्श गरेर टुङ्गो लगाउने गरेको व्यास नगरपालिकाको उपप्रमुख मिरा जोशीले बताइन् । कार्यक्रम महिला शसक्तिकरण सञ्चार समाज तनहुँको संयोजनमा गैर सरकारी सस्था महासङ्घ नेपाल तनहुँको आयोजना तथा गण्डकी प्रदेशको समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले रहेका थिए । सो अवसरमा वाग्लले लैङ्गि हिंसा विरुद्धको अभियान १६ दिनमात्रै नभई ३६५ दिनै गर्नु पर्ने बताए ।

वाग्लेले महिलाले लिड गर्न सक्दैनन् भन्ने भ्रमलाई छिचोल्न जनचेतना पैmल्याउन पनि उक्तिकै जरुरी रहेको बताएका थिए । यस्ता भ्रमले गर्दा महिलालाई अघि बढ्न कठिन भएको उनको भनाई थियो । कार्यक्रममा जिल्ला समन्य समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेलले हिंसा विरुद्धको अभियानलाई छिचोल्न यस्ता कार्यक्रम सबै स्थानीय तहमा पु¥याउनु पर्ने बताईन् । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले समाजमा हिंसा बढ्दै गएकोले दैनिक दुइवटा लैङ्गिक हिंसाका मुद्धा आउने गरेको जानकारी दिए । हिंसा न्यूनिकरणको लागि सहरमा मात्रै नभई गाउँका कुनाकुनमा पनि सबै जनाले हातेमालो गरी सयुक्त रुपमा चेतना मुलक कार्यक्रम गर्नु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s