
दमौली ,२३ मंसिर ।
तनहुँमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ ।
यसै क्रममा व्यास नगरपालिको सहयोगमा महिला शसक्तीकरण सञ्चार समाजले सोमबार दमौलीमा गरेको विशेष बहस कार्यक्रममा गरिएको छ । कार्यक्रममा लैङ्गिक हिंसा न्यूनिकरणको लागि चेतना मुलक कार्यक्रम बारम्बार सञ्चालन गरिनु जरुरी रहेको कुरा तनहुँमा औंल्याईएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ भन्ने विषयमा गरिएको वहसमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, महिला सहकारी, कानुन व्यवसायीसँग लगायत सरोकार वालाहरुसँग बहस गरिएको थियो ।
वरिष्ठ अधिवक्ता समेत रहेका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानलेले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान वर्षमा एकपटक मात्रै गरिएको उल्लेख गर्दै हिंसा विरुद्धको अभियान धेरै पटक सञ्चालन गरि चेतना पैmल्याउनु पर्ने बतए । चेतना मुलक कार्यको लागि लाग्ने आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख न्यौपानेले कार्यक्रमहरु पेश गर्न आग्रह गरेका थिए । हिंसा पीडित व्यक्तिले परामर्श सेवा नपाउँदा मानसिक रोगी तथा आत्महत्या गर्ने बढी रहेकोले पाईएको नगर प्रमुख न्यौपानेको भनाई थियो । सभ्रान्त परिवारमा पनि हिंसा बढीरहेको न्यौपानेले बताए । ‘चार, पाँच ढलानबाट उक्लिएर म गुनासो सुन्न गईरहेको छु, उनीहरुले उचित परामर्श नपाउँदा समस्यमा परेका छन्’ न्यौपानेले भने । विशेष गरी महिलाले आपूmले भोगेको पीडा राख्न नपाउँदा दोषीहरुले सजाएँ नपाउने र महिलाले आत्महत्याको बाटो रोजेर ज्यान समेत गुमाउने न्यौपानेले बताएका थिए । साथै न्यौपानेले परामर्श केन्द्रको खाँचो रहेकाले नगरपालिकाको तर्पmबाट गर्नु सबै प्रकारका सहयोग गर्ने बताएका थिए ।
जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेलले लैङ्गिक हिंसा विरुद्धका अभियानहरु सञ्चालन गर्न समन्वयसँग खर्च गर्ने अधिकार नभएको तर तनहुँका दशवटै पालिकामा अभियान सञ्चालन गर्न समन्वयकारी भूमिका खेलिरहेको बताइन् । पितृशतात्मक समाज भएकोले तुलनात्मक रुपमा माहिलाहरु हिंसाबाट धेरै पीडित भएको उल्लेख गर्दै पौडेलले हिंसा सहने नभई प्रतिकार गरी सजाएँ दिलाउने बाटो अबलम्बन गर्नु पर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले महिलाहरु संगठित भएर आवाज उठाउनु पर्ने र यसरी आवाज उठाउँदा हिंसा गर्नेको मनोबल गिर्दै जाने बताइन् । न्यायिक समितिका आएको उजुरी प्रति हप्ताको एक दिन बहस हुने गरेको छिटो न्याय सम्पादन भएको बताइन् । न्यायको पहुच पु¥याउन १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । साथै जोशीले हिंसा गर्ने प्रति मेलमिलाप नगरी सजाए दिने गरी कानुनी प्रक्रिया अगाडि बढाउन सुझाव दिने गरेको बताइन् । त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले हिसाको घटनालाई तुरुन्त मुद्धाको प्रक्रियामा लाने र छलफल, मेलमिलापन जस्ता कार्य नगरिएको बताए । ‘बलत्कार जस्ता गंभिर अपराधमा पनि महिलालाई नै दोषी देखाउन कोसिस गरिन्छ त्यसकारण तुरुन्त कारबाहीको प्रक्रियामा जान्छौ छलफल गर्दैनौं’ बरालले भने । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देले नगरपालिका महिला मैत्री भएको दाबी गरे । पहिले जनता सिधे ठोकिने सोधपुछ कक्षमा महिला राखिएको, ४ वडाका सचिवमा जिम्मेवारी महिलालाई दिइएको, महिला लक्षित छुट्टाईएको बजेट त्यसमै खर्च गरिएको र छिट्टै नगरपालकामा स्तनपान कक्षको स्थापना गरिने जानकारी सिग्देलले दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले पीडा दिनेलाई तुरुन्तै नियन्त्रणमा लिएर सम्झाउने नभई काननी कठघरामा उम्भाउने गरिएको बताए । साथै हिंसाका घटनामा ठाडो उजुरी आउने र शुन्य सहनशिलता अपनाएर सिधै कानुनी प्रक्रिया जाने उनले बताए । अधिवक्ता सरीता भण्डारीले पुरुषले अति गरेको कारण सहनै सकिन के गर्ने भनेर महिलाहरुको गुनासो आउने क्रम बढी रहेको उल्लेख गर्दै आर्थिक, यौनजन्य र मादकपद्धार्थ सेवन जस्ता कारण महिला माथि हिंसा बढेको जानकारी दिईन् । मादीगंगा बहुउद्देशीय सहकारी सस्थाकी अध्यक्ष शान्ता खनालले महिलाहरु हिंसा सहन छाडेको र दुःखमा साथ दिने अरु महिला पनि छन् भनेर प्रतिकार गर्ने गरेको बताएकी थिईन् । कार्यक्रममा हिंसाका सम्बन्धमा महिला सशक्तिकरण समाजकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले सरोकारवालासँग वहस गरेकी थिइन्।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्रराज रेग्मीले लिङ्गका आधारमा राज्यले व्यवस्था गरेको शैक्षिक अवस्थाको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा नगरपालिकाको वोर्ड सदस्य चन्द्रमाया परियारले महिला भित्र पनि दलित महिलाहरुको अवस्था र समस्याको बारेमा जानकारी दिएकी थिइन् ।