
दमौली, २३ मंसिर । व्यास नगरपालिकाले पुस ७ गते विशेष नगर सभा गर्ने भएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विशेष नगर अधिवेशन गर्ने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार सोमबार व्यास १० स्थित कालिडाडाँ होमस्टेमा बसेको नगर कार्यपालिका बैठकले विभिन्न ऐन संसोधन तथा पारित गर्नका लागि नगर सभा गर्ने निर्णय गरेको हो ।
निजी साझेदारी ऐनको मस्यौदा प्रस्ताव र आर्थिक ऐन संसोधन प्रस्ताव पारित गर्न सभा गर्ने निर्णय भएको छ । उक्त बैठकले फोहोरमैला केन्द्र व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७ पारित गरेको छ । यसैगरी व्यास नगरपालिका फोहोरमैला व्यवस्थापन सम्बन्धि संघिय मन्त्रालयबाट प्रस्तावित प्रस्ताव वातावरण विभागमा पेश गरिएकोमा अनुमोदन गरिएको नगरपालिकाले जनाएको छ ।
यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयबाट जारि गरिएको सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धि मापदण्ड, २०७७ लाई कार्यान्वयन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।बैठकमा व्यास न.पा वडा नं ७ का वडा अध्यक्ष शतिशचन्द्र न्यौपानेलाई परेको मातृशोकमा शोक प्रस्ताव पारित गरिएको छ
कालिका डाँडा होमस्टेको उद्घाटन
नगर प्रमुख न्यौपानलेले व्यास नगरपालिका समेतको साझेदारीमा निर्माण भएको व्यास–१० स्थित कालिडाँडा सामुदायिक होमस्टे पाहुना घरको सोमबार उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख न्यौपानेले कालिडाडाँ होमस्टे सम्म जाने यातायात सुगमताका लागि कालोपत्रे गर्नका लागि लागत ईष्टमेट गर्न पुर्वाधार शाखालाई निर्देशन दिने निर्णय कार्यापालिको बैठकले गरेको जानकारी दिएका थिए ।
उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, वडा अध्यक्ष तुलसीराम सापकोटा, नरबहादुर गुरुङ, सम्झना गुरुङले कालोपत्रे भएसँगै आवत जावतमा सहजताका हुने हुँदा पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम अर्जुन गुरुङको अध्यक्षतामा भएको थियो ।