तनहुँको विरोध प्रदर्शनलाई काग्रेस नेता डा. रिजालले सम्बोधन गर्ने

दमौली , २३ मंसिर । तनहुँ घटना लगायत संसद बैठक आव्हान गर्नुपर्ने माग राख्दै नेपाली काग्रेसले मंसिर २९ गते देशव्यापी रुपमा विरोध प्रदर्शनको तयारी गरेको छ ।

यसै सिलसिलामा मंसिर २९ गते हुने प्रदर्शनको तयारी विशेष बनाउन तनहुँ काग्रेसले व्यापक तयारी गरेको छ । तनहुँ काग्रेसले मंसिर २९ को प्रदर्शनमा टोल–टोलबाट कार्यकर्ता उतार्ने तयारी गरेको छ । त्यसका लागि तनहुँ काग्रेस जिल्लाका १० वटै स्थानीय तहमा सर्कुलर गरेको छ । नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले मंसिर २९ गतेको विरोध प्रदर्शनमा जिल्लाका १० वटै स्थानीय तहबाट काग्रेस कार्यकर्ताको उल्लेख्य उपस्थिती हुने बताउँछन् । सरकारको अधिनायकवादी चरित्रका विरुद्धमा काग्रेस वाध्य भएर विरोधमा उत्रनु परेको समेत कार्यवाहक सभापति आलेको भनाई रहेको छ ।

त्यसैगरी नेपाली काग्रेस व्यास नगर समितिले समेत मंसिर २९ गते हुने विरोध प्रदर्शनका लागि कार्यकर्ता उतार्र्न तयारी गरेको छ ।नगर सभापति शान्तिरमण वाग्लेका अनुसार व्यास नगरपालिका १४ वटै वडा समिति मार्फत टोल –टोलमा जानकारी गराउने कार्य भएको बताउँछन् । व्यास नगरपालिका भित्रबाट विरोध प्रदर्शनमा उल्लेख्य संख्यामा कार्यकर्ता सहभागी गराउने समेत नगर सभापति वाग्लेको भनाई रहेको छ । यसैबीच नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाले जानकारी दिए अनुसार मंसिर २९ मा तनहुँ काग्रेसद्धारा आयोजना गरिने विरोध सभालाई काग्रेस नेता डा. मिनेन्द्र रिजालले सम्बोधन गर्ने भएका छन् । सचिव वास्तोलाका अनुसार मंसिर २९ को तयारीको विषयलाई लिएर बुधबार तनहुँ काग्रेसको बैठक समेत बस्ने भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s