गृह सचिव न्यौपानेलाई तत्काल बर्खास्त गर

हरेक मुलुकमा गृह प्रशासनलाई उक्त मुलुकको मेरुदण्डका रुपमा लिइने गरिन्छ । खासगरी देशको शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने जिम्मेवारी गृहमन्त्रालयमा निहित हुने हुँदा गृह प्रशासनलाई मुलुकको मेरुदण्डको रुपमा लिने गरिएको हो । यथार्थताको धरातलमा उभिएर भन्ने हो गृह प्रशासन चुस्त दुरुस्त भएको खण्डमा मुलुकले गति लिन धेरै समय लाग्दैन । तर नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने गृह प्रशासन सत्तासिन राजनीतिक दल र तिनका नेताहरुको सेरोफेरोमा केन्द्रित भएर सञ्चालन हुने हुँदा सधै विवादको घेरामा पर्ने गर्दछ । जसको ज्वलन्त उदाहरणका रुपमा केही दिन अगाडि तनहुँको सदरमुकाम दमौलीमा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास १ तालघारे र व्यास ११ रानीगाउँ जोड्ने पुल उद्घाटनका विषयमा गृह सचिव महेश्वर न्यौपानेले तनहुँका प्रमुख जिल्ला अधिकारीलाई दिएको गलत निर्देशनले अप्रिय घटना हुन पुग्यो हो । जुन घटनाको विषयलाई नेपाली काग्रेस तनहुँले घटना भएको भोलिपल्ट विरोध प्रदर्शन सहित पुल उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ भने मंसिर २९ गते देशव्यापी रुपमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ । तनहुँमा पुल उद्घाटन समारोहमा जुन अप्रिय घटना हुन पुग्यो त्यसमा गृह सचिव न्यौपाने प्रमुख दोेषी छन् । किनकि गृह सचिव न्यौपानले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत वाइपास गरेर कुनै पनि हालतमा कार्यक्रम रोक्न ठाडो निर्देशन दिएका थिए ।

गृहसचिव न्यौपानेका गतिविधीलाई नजिकबाट नियालेर हेर्ने हो भने उनी गृहमन्त्री थापासंग समन्वय गरेर भन्दा पनि वालुवाटार र नेकपाका सांसद महेश वस्नेतहरुको ईशारामा चलिरहेका छन् । जुन अत्यन्त गलत छ । गृहसचिव न्यौपानेले तनहुँको घटनाको मात्र नभई प्रहरीको सरुवा र वढुवामा समेत ठाडो हस्तक्षेप गर्दै आईरहेका छन् । जसको पछिल्लो उदाहरणका रुपमा उपप्रधानमन्त्री ईश्वर पोखरेलका नाता पर्ने विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरिएको घटनालाई लिन सकिन्छ । पोखरेलाई एआईजीमा बढुवा गर्ने विषयम समेत गृह सचिव न्यौपानेको महत्वपूर्ण हात रहेको थियो । यसरी गृह सचिव जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति पटक–पटक विवादमा मुछिदा सकारात्मक सन्देश गईरहेको छैन । तसर्थ गृह सचिव न्यौपानेलाई तत्काल बर्खास्त गर्नुपर्ने देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s