भानुको ठूलो बगैचामा विभिन्न पार्टीबाट २३ युवा काग्रेसमा प्रवेश

दमौली , २२ मंसिर ।नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकारले जनताको मतको अपमान गरेको बताएका छन् ।

अन्तरकलहमा फसेको नेकपाले जनताको हित हुने कुनै पनि काम नगरेको के.स.भण्डारीको भनाई रहेको छ ।वर्तमान सरकार गठन भएसगै मुलुकमा भ्रष्टचार ,अनियमितता र बलात्कार घटना बृद्धि भएको जिकिर समेत के.स.भण्डारीको रहेको छ । सो कुरा केन्द्रीय सदस्य भण्डारीले सोमबार भानु नगरपालिकाको ठूलो बगैचामा आयोजित कार्यक्रममा बताएका हुन् । त्यस्तै वर्तमान सरकार गठन भएपछि मुलुकको शान्ति सुरक्षाको अवस्था खलबलिएको र विकास निर्माणका कार्य ठप्प भएको समेत के.स.भण्डारीको भनाई थियो । नेकपा नेतृत्वको वर्तमान सरकारलाई जनताको हितमा भन्दा पनि आफ्ना निकट व्यक्तिहरुको मात्र चिन्ता रहेको समेत भण्डारीको भनाई थियो ।

पछिल्लो समय नेकपा भित्र देखिएको अन्तरकलहले मुलुकलाई अनिर्णय बन्दी बनारहेको पनि के.स.भण्डारीको भनाई थियो । नेकपा भित्रको अन्तरकलहकै कारण संसदलाई बन्धक बनाउने हर्कत नेकपाले गरिरहेको भण्डारीको भनाई थियो । सत्ता र शक्तिको आडमा काग्रेस कार्यकर्ता माथि दमनको नीति सरकारले लिनु दुरभाग्य भएको र त्यसको किसिमको दमनको नीतिलाई काग्रेस टुलुटुल हेरेर बस्न नसक्ने के.स.भण्डारीको भनाई थियो ।
ठूलो बगैंचा युवा क्लवका अध्यक्ष सुकबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार , महासमिति सदस्य आनन्दराज त्रिपाठी ,नेका तनहुँका पूर्व सहसचिव सहदेव अधिकारी , वडा अध्यक्ष अर्जुनबहादुर खड्का र स्थानीय बासिन्दा कान्छा गुरुङ लगायतले बोलेका थिए । सोही अवसरमा २३ जना युवा नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।पार्टी प्रवेश गर्नेमा अधिकांश नेकपाका युवाहरु रहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s