के.स.भण्डारीद्धारा वडा अध्यक्ष न्यौपानेको परिवारलाई समवेदना व्यक्त
दमौली , २२ मंसिर । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले व्यास नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सतिश न्यौपानेको परिवारलाई समवेदना व्यक्त गरेका छन् ।
के.स.भण्डारीले न्यौपानेको घरमै पुगेर सोमबार समवेदना व्यक्त गरेका थिए । समवेदना दिन नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार समेत पुगेका थिए । वडा अध्यक्ष न्यौपानेकी आमा हरिकुमारी न्यौपानेको मंसिर १९ गते निधन भएको थियो ।