लोकतान्त्रिक आचारण अवलम्ब गर्ने कि ?

मुलुकमा यतिबेला लोकतान्त्रिक शासन पद्धति छ । लोकतान्त्रिक शासन पद्धतिमा सर्वसाधारण नागरिक देखि मुलुकको उच्च तहमा रहेका व्यक्तिहरुलाई स्वतन्त्र रुपमा हिडडुल देखि स्वतन्त्र अभिव्यक्ति दिन पाउने अधिकार संविधानले नै प्रद्धत गरेको छ । जुन लोकतान्त्रिक शासन पद्धति भएको मुलुकको पहिचान पनि हो । तर यतिबेला लोकतान्त्रिक शासन पद्धति भएको मुलुकमा क्रमसः लोकतान्त्रिक हिसाबले गतिविधीहरु सञ्चालन गर्न रोक लाग्ने अवस्था सिर्जना हुन थालेको छ । जसको ज्वलन्त उदाहरणका रुपमा बुधबार काग्रेस वरिष्ठ रामचन्द्र पौडेलले व्यास १ र व्यास ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताहरुले देखाएको हर्कतलाई लिन सकिन्छ । काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल स्थानीय उपभोक्ता समितिको निमन्त्रणमा उक्त पुल उद्घाटन समारोहमा सहभागी हुन आएका थिए । जबकि उक्त समितिमा नेकपाका स्थानीय प्रतिनिधीहरुको समेत सहमति रहेको थियो । तर नेकपाबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ र जिल्ला नेतृत्वको निर्देशनमा कार्यक्रम विथोल्ने हिसाबले प्रर्दशन गरियो । जुन प्रर्दशनलाई प्रशासनले समेत साथ दिएको थियो । जसका कारण काग्रेस वरिष्ठ नेता पौडेल र अन्य नेता तथा कार्यकर्तालाई धरपकड र आक्रमणको घटना हुन पुग्यो । जुन घटनाको चौतर्फी रुपमा आलोचना भई रहेको छ ।

राजनीतिक हिसाबमा हेर्ने हो भने रामचन्द्र पौडेलको उचाई प्रधानमन्त्रीको तहमा पुगेका व्यक्तिहरुको भन्दा कुनै हिसाबले कमि छैन । १४ बर्ष जेलजीवन देखि सभामुख सम्मको जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन् । मुलुक सशस्त्र द्धन्द्धको भूमरीमा पर्दा त्यसबाट जोगाउन मुख्य निर्वाह गर्ने मध्येका एक व्यक्ति पनि हुन् । राज्यले उनको उच्च मूल्याङकन गर्नुपर्दछ । तर यतिखेर पौडेलमाथि धरपकड र नियन्त्रणमा लिने काम सरकारबाट भई रहेको छ । यो अत्यन्त अलोकतान्त्रिक कार्य हो । यसलाई सरकारले सुधार्नु पर्दछ । अन्यथा सरकार र नेकपाको नियत माथि नै प्रश्न गर्नुपर्ने देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s