भानुमा ८० जना कांग्रेसमा प्रवेश

सेतीमादी संवाददाता
दमौली, २१ मंसिर ।


नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले लोकतन्त्र जोगाउने दायित्व काग्रेसको भएको बताएका छन् ।

कम्युनिष्टहरुका कारण लोकतन्त्रनै खतरामा परेको वर्तमान अवस्थामा लोकतन्त्र जोगाउने दायित्व काग्रेसको काँधमा आएको केन्द्रीय सदस्य भण्डारीको रहेको छ । केन्द्रीय सदस्य भण्डारीले भानुको गन्धर्व बस्तीमा आइतबार आयोजित पार्टीको कार्यक्रममा बताएका हुन् । कम्युनिष्टहरु मुलुक र जनताको हितमा भन्दा पनि व्यक्तिगत स्वार्थका लागि लाग्ने पूर्वमन्त्री समेत रहेका भण्डारीको रहेको थियो । पछिल्लो समयमा नेकपा भित्र जुन लडाई भएको छ त्यो मुलुक र जनताका हितका लागि नभई कम्युनिष्ट नेताहरुको व्यक्तिगत स्वार्थको लागि भएको समेत के.स.भण्डारीको भनाई थियो ।


कम्युनिष्टहरुका कारण मुलुक बर्बादी तर्फ धकेलिएको हुँदा जनता सचेत हुनुपर्ने बेला आएको समेत के.स.भण्डारीको भनाई थियो । क्षणिक स्वार्थको पछाडि भन्दा पनि दीर्घकालिन सोचका साथ जनताले काग्रेसलाई साथ दिनुपर्नेमा समेत के.स. भण्डारीले जोड दिएका थिए । विशेष त युवा तरुणहरुलाई स्वार्थको पछाडि नलाग्ने के.स.भण्डारीले जोड दिएका थिए ।


यसैबीच भानु नगरपालिका–१ नयाँबस्ती, गन्धर्वटोलबाट २५ जना आइतबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै भानु नगरपालिका–१ कै साखेटारका २६ जना, भन्सारबाट १४ जना र बाँकी वडा नम्बर ३ का गरी ८० जना भन्दा बढी नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । वडा नम्बर १ का नेकपाका वडा कमिटी सदस्य तुलबहादुर गुरुङ सहितको टोली नेपाली काँग्रेसमा प्रवेश गरेको हो । गन्धर्व साँस्कृतिक समाजका अध्यक्ष एकबहादुर गन्र्धवको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेका महासमितिका सदस्य रामचन्द्र अधिकारी, आनन्दराज त्रिपाठी, महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, पूर्व महाधिवेशन प्रतिनिधी धुव्र प्रधान, जिल्ला सदस्य उत्तम लोहनी, लगायतले बोलेका थिए । कार्यक्रममा तरुणहरुको बाक्लो उपस्थिती रहेको थियो । नव प्रवेशीलाई माला र खादा लगायर के.स. भण्डारीले स्वागत गरेका थिए । यसैबीच भण्डारी स्वर्गिय सूर्यबहादुर ठकुरीको १३ औं पुण्यतिथीमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s