
दमौली ,२१ मंसिर । नेपाली काग्रेस तनहुँले अधिनायकवादी चरित्र देखाउनु लोकतन्त्रको मर्म विपरीत भएको ठहर गरेको छ ।
वर्तमान सरकार र सरकारका वरिपरि रहेका व्यक्तिहरुको सर्वसत्तावादी चरित्र प्रदर्शित गर्नु लोकतन्त्रका लागि खतरनाक संकेत भएको समेत तनहुँ काग्रेसको जिकिर रहेको छ ।
काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गरेको विषयमा प्रशासन र नेकपाका कार्यकर्ताहरुले गरेको हस्तक्षेपको विरोधमा तनहुँ काग्रेसले एक विज्ञप्ती जारी गरी सो कुरा उल्लेख गरेको हो ।
नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाद्धारा जारी विज्ञप्तीमा ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफु सधैका लागि विजयी भएको जस्तो गरि अधिनायकवादी चरित्र प्रस्तुत गर्नु भनेको लोकतन्त्रको मर्म विपरित भएको समेत उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तीमा नेकपाले प्रस्तुत गरेको सर्वसत्तावादी सोच प्रति तनहुँबासीले खुलेर गरेको विरोधप्रति धन्यवाद समेत ज्ञापन गरिएको छ ।
प्रेस विज्ञप्ती मिति ः२०÷८÷२०७७
व्यास नगरपालिका अन्तर्गतको वुल्दिखोला पुल उद्घाटनलाई लिएर वर्तमान सरकारले देखाएको अधिनायकवादी र सर्वसत्तावादी चरित्र अन्ततोगत्वा लोकतान्त्रिक चरित्र सामु टिक्न सकेन र २०७७ मंसिर १७ गते स्थानिय प्रशासनको अवरोध र दमनका कारण रोकिएको वुल्दिखोला पुलको उद्घाटन त्यसको भोलिपल्ट मंसिर १८ गते पुर्व सभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्युवाट भव्य समारोह वीच सम्पन्न भएको छ ।
पुल उद्घाटन जस्तो सामान्य विषयसग जोडिएर यस वीचमा जे जस्तो घटना घट्यो त्यसले लोकतन्त्र र विधिको शासनको धज्जी उडाएको छ । उक्त घटनामा वर्तमान ओली सरकार र त्यसका स्थानिय प्रतिनिधिहरु पुर्णतः जिम्मेवार छन् । लोकतान्त्रिक व्यवस्थामा कर्मचारी प्रशासनलाई स्थायी सरकारकोरुपमा हेर्ने गरिन्छ । स्थायी सरकारको प्रतिनिधित्व गर्ने स्थानिय प्रशासकहरु भलै केन्द्र सरकारको प्रतिनिधिको रुपमा रहेतापनि आफ्नो योग्यता र क्षमता समेतको आधारमा पाएको जिम्मेवारी निर्वाह गर्दा कानुन विपरित आउने आदेशको भरमा मात्र नभै विवेकका साथ निर्वाह गर्न सकेको खण्डमा सम्वन्धित अधिकारीको आत्मसम्मान र पदिय मर्यादा कायम रहन सक्दछ, अन्यथा अमुक व्यक्तिको ईसारामा कानुनी व्यवस्थाको दुरुपयोग गरेर पछि लाचार हुने कुरा विधिको शासनमा शोभनिय कुरा होइन । तनहुँ जिल्लाको राजनितिक यथार्थतालाई नवुझेकाहरुले आफ्नो कर्तव्यलाई विर्सेर विवेक गुुमाउदाको परिणाम उक्त घटनावाट पाठ सिकेर भविष्यमा नदोहोरीउन् भन्ने तर्फ नेपाली कांग्रेस तनहुँ सम्वन्धित सवैलाई सचेत गराउन चाहन्छ । नेकपाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको स्थानिय उपभोक्ता समितिले पुर्व सभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलवाट पुल उद्घाटन गराउने सर्वसम्मत निर्णय गरि प्रमुख जिल्ला अधिकारी र पुर्वाधार विकास कार्यलयका प्रमुख समेत सवै राजनितिक दलहरुलाई लिखित निमन्त्रणा दिदा उक्त निमन्त्रणालाई स्वीकार गरेका पदाधिकारीहरु एकाएक नेकपाका केही अराजनितिक चरित्रका व्यक्तिहरुको प्रभावमा परि पुर्वनिर्धारित कार्यक्रमलाई विथोल्न नियोजित रुपमा भाडामा ल्याईएका केहि व्यक्तिहरुवाट स्थानिय जनताको नाममा कथित विरोधको नाटक मन्चन गरि त्यसको आडमा कानुनको मर्म विपरित कथित निशेधाज्ञा जारी गरि, राष्ट्रले सुरक्षा उपलव्ध गराएका नेपालको लोकतान्त्रिक अभियानमा समर्पित व्यक्तित्व पुर्व सभामुख रामचन्द्र पौडेललाई प्रहरीद्धारा दुव्र्यवहारपुर्ण तरिकाले गिरफ्तार गर्नुका साथै शान्तिपुर्ण कार्यक्रममा निर्मम प्रहरी दमन गरेर वर्तमान सरकारले आफ्नो अधिनायकवादी, सर्वसत्तावादी चरित्र उदाङ्गो वनाएको नेपाली कांग्रेसको ठहर छ ।
लोकतन्त्रको आधारभुत शर्तको रुपमा रहेको आवधिक निर्वाचनवाट प्राप्त जनअभिमतलाई स्वीकार गरेर नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको अवस्थामा ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफु सधैका लागि विजयी भएको जस्तो गरि अधिनायकवादी चरित्र प्रस्तुत गर्नु भनेको लोकतन्त्रको मर्म विपरित हो । पक्कै पनि पुल उद्घाटन हुनु सामान्य विषय होला तर जुन शैली अपनाएर पुल उद्घाटन रोक्ने काम भयो, यसले देशमा वर्तमान सरकार र त्यसका वरिपरि रहेका व्याक्तिहरुको सर्वसत्तावादी चरित्र प्रदर्शित हुनु लोकतन्त्रका लागि खतरनाक संकेत हो । पुल उद्घाटन सम्वन्धमा स्थानीय प्रशासक र सत्ताधारी पार्टी नेकपावाट प्रदर्शित सर्वसत्तावादी दमनकारी चरित्र र सो पश्चात पदाधिकारी र नेकपाका नेताहरुवाट आफ्नो वचाउमा व्यक्त भ्रामकपुर्ण र अतिरन्जित भनाईहरुको नेपाली कांग्रेस तनहुँ घोर भ्रत्सना गर्दछ ।
१७ गते भएको वरिष्ट नेता एवं पुर्व सभामुख समेतको गिरफ्तारी र प्रहरी दमनका विरुद्ध लोकतन्त्रको पक्षमा सर्वसत्तावादी चरित्रको विपक्षमा उभिन नेपाली कांग्रेस तनहुँले आव्हान गरे अनुरुप स्वस्र्फुत रुपमा मंसिर १८ गते उपस्थित भै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण तनहुँवासी दाजुभाई, दिदीबहिनीहरुमा नेपाली कांग्रेस तनहुँ हार्दिक धन्यवाद आभार व्यक्त गर्दछ । साथै वर्तमान सरकारवाट देखाइएको सर्वसत्तावादका विरुद्ध र सांसद वैठकको माग गर्दै २०७७ मंसिर २९ गते हुने देशव्यापी विरोध ¥यालीमा सहभागिताका लागि दमौलीमा उपस्थित हुन सम्पुर्ण लोकतन्त्रवादी जिल्लावासीमा हार्दिक अनुरोध छ ।
विश्व बास्तोला
सचिव