सेतीमादी संवाददाता
दमौली, २० मंसिर ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का निर्वाचित सांसदले लोकतान्त्रिक चरित्र बुझ्नु जरुरी रहेको बताएका छन् ।

लोकतन्त्रमा पञ्चायतको भरियाको जस्तो व्यवहार गर्न नसुहाउने समेत केन्द्रीय सदस्य भण्डारीको तर्क रहेको छ । लोकतान्त्रिक चरित्रलाई बिर्सेर नेकपाका निर्वाचित सांसदको निर्देशनमा तनहुँमा पुल उद्घाटन गर्ने विषयमा जुन हरकत भयो हदै सम्म लज्जाजनक विषय भएको समेत केन्द्रीय सदस्य भण्डारीको रहेको छ । केन्द्रीय सदस्य भण्डारीले सो कुरा आँबुखैरेनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बताएका हुन । रामचन्द्र पौडेल माथि जुन व्यवहार भयो त्यो नेपाली काग्रेस र लोकतन्त्रवादीलाई स्वीकार्य हुुँदैन के.स.भण्डारीले भने ।
डर धम्की देखाएर काग्रेसका नेता तथा कार्यकर्ता माथि दमन गर्ने जुन रणनीति नेकपाले अपनाएको छ त्यो तरुण विभागलाई कुनै पनि हालतमा स्वीकार्य नहुने समेत के.स.भण्डारीको भनाई थियो । त्यस्तै राज्यको पैसा देखाए पार्टी प्रवेश गराउन खोज्नु गैरराजनीतिक चरित्र भएको समेत के.स.भण्डारीको भनाई थियो । वर्तमान सरकार भ्रष्टचारको दलदलमा फसेको विषय स्वयं नेकपाका अर्का अध्यक्ष प्रचण्डले पेश गरेको दस्तावेजबाट पुष्टि भएको भण्डारीको जिकिर रहेको थियो । वर्तमान सरकार मुलुकका लागि बाधक रहेको हुँदा केपी ओली सरकारमा बसिराख्नुको नैतिक आधार नरहेको समेत भण्डारीको भनाई थियो ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिका–१ बराँदी मगर गाउँ पुरै वस्ती नेपाली काँग्रेसमा प्रवेश गरेका गरेका थिए । २५ घरका ७८ जनाले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई केन्द्रीय भण्डारीले स्वागत गरेका थिए । वडाध्यक्ष किसन थापा, आँबुखैरेनी गाउँ कार्य समितिका सचिव विष्णु पन्थ, तुलबहादुर राना लगायतको सक्रियामा काँग्रेसमा प्रवेश गरिएका थिए । कार्यक्रममा आँबुखैरेनी बजारका पाँच जना काँग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस तनहुँका सचिव विश्व वास्तोला, व्यास नगर सभापति शान्तिरमण वाग्ले, आँबुखैरेनी गापा अध्यक्ष गिरबहादुर थापा उपाध्यक्ष पुष्पादेवि श्रेष्ठ, तरुण विभाग सदस्य अम्बिर जोशी, महाधिवेशन प्रतिनिधीहरु रामचन्द्र अधिकारी, आनन्दराज त्रिपाठी, मगर संघका सहमहासचिव जीतराज राना नेपाल तरुणदल आँबुखैरेनी गाउँ कार्य समितिका अध्यक्ष विजय गुरुङ लगायतले बोलेका थिए ।