
कृष्णप्रसाद लम्साल
केही बर्ष अगाडि मा. स्वास्थ मन्त्री रामजनम चौधरीज्यूको निजी सचिवालयमा मैले काम गर्ने अवसर पाउदा देशैभरीको (तत्कालीन गाविसमा रहेका )सबै स्वास्थ चौकीहरुको भवन बनाउने ५ बर्षे नीति तयार भएको थियो । उक्तानुसार सो बर्षका लागि छनौट भएका करिव २०० -२५० वटा भबनहरु मध्ये तनहुँ जिल्लामा ६/७वटा र पर्वतमा ६/७ वटा भबनको लागि बजेट बिनियोजन भएको थियो । अन्य जिल्लामा समेत पार्ने प्रयास गरेका थियौ। साथै सामुदायिक स्वास्थ ईकाई मध्ये तनहुँमा ५ वटा र पर्वतमा २ वटा छनौट भएका थिए ।
उ्ल्लिखित योजनाको माग र सिफारिस सभासद/ मा. रामचन्द्र पौडेल / शकर भण्डारी, अर्जुन जोशी र विकास लम्सालले गर्नु भएको थियो । ( स्थानीय नागरिक समाजको अनुरोधमा पर्वतका भगरा, त्रिबेणी र टकलाक म स्वयमले पहिल्यै प्रस्ताव तयार गरेको थिए ।)मन्त्री परिषद् परिबर्तन भएसगै नयाँ मन्त्री मा. गगन थापा आउनु भयो र मलाई केही समय उहाँको नयाँ टीम नबनाईन्जेल सो सचिवालय अनौपचारिकरुपमा हेरीदिनका लागि मन्त्री र सचिवबाट पुनः जिम्मेवारी दिईयो । सोही निर्णय कार्यान्वयनको मुखमा मा. मन्त्री गगन थापा वहाली भएको एक/ दुई हप्तामा पुनः निर्णय भएको थियो ।मैले यी योजनाहरुको माग र निर्णय यसरी भएको र स्वास्थ ईकाईको हकमा रायोआमा पठाउन पर्नेछ भनि फाईल पेश गरेको थिए । थियौ।(पछि मा. गगनले धेरै छलफल र मेहनत गरेर देशैभरीका स्वास्थ सस्थाहरुको तहगत र क्षमतागत नीति बनाउनु भयो । भर्खरै नेपाल सरकारले देशका ३०० भन्दा बढीको एकैचोटि शिलान्यास गर्ने राम्रो काम गर्यो ।)
तत्कालीन समयमा निर्णय भएका सबै योजनाहरु मध्ये धेरै योजनाहरु कार्यान्वयनको चरणमा रहेको सुनेको छु ।( तनहुँको व्यास-दुम्सीचौरको सामुदायिक ईवाट त मलाई उद्घाटनमा धन्यबाद समेत आएको थियो)ती कामहरु:- जग्गाको उपलब्धता बारे जानकारी दिने, जिस्वाका/ शाखा,आयोजना, महाशाखाका पदाधिकारी र /विभाग/सचिव/ सिफारिस गर्ने नेतागण/ मन्त्रीज्यूहरुको सहयोग नभएको भए र निरन्तर फलोअप नगरेको भए धेरै कटौतीमा पर्दथे र ढिलो कार्यान्वयन हुन्थे ।तर ,यसमा म जस लिने पक्षमा छैन, त्यो त राज्य वा सरकारको नीति थियो । राज्य वा जनताको पैसा थियो । धेरैको सहकार्य थियो । निर्णय गर्ने म थिईन । मेरो त फलोअप गर्ने , समन्वय गर्ने सामान्य कर्तव्य र भूमिका थियो ।बरु मैले पिछडिएका जिल्लामा यी योजना पहिला दिनु राम्रो हुन्छ भन्नुपर्थ्यो र मन्त्रीज्यूहरुलाई सोही कुरा अनुरोध गर्नुपर्ने थियोे । किनकि नेपालका अति अबिकसित जिल्ला धेरै छन््।
आफ्नो गृह जिल्ला र आफूले वढी समय काम गरेका जिल्लाहरुलाई मात्र जोड दिनु मेरो व्यवसायिक धर्म र समन्यायिक चरित्र थिएन ।यी जिल्लामा सख्या थपिदा अन्यत्रको कटौती भयो । विकासको destination हुदैन , यो त यात्रा हो । यो जारी थियो, छ र जारी रहन्छ । ऊच्च पदस्थ नेता र कर्मचारी त्यो हो जसले आफ्नो जिल्ला / निर्वाचन क्षेत्र मात्र होइन देशको सन्तुलित विकासका लागि सोच, नीति , कानून र योजना बनाउछ।