सरकार अधिनायकवादको बाटोमा

मुलुकमा यतिबेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को झण्डै दुहाई तिहाईको सरकार छ । निर्वाचन मार्फत गठन भएको यो सरकारलाई लोकतान्त्रिक सरकारनै मान्नु पर्दछ । तर सरकारले जुन किसिमका क्रियाकलाप गरिरहेको छ । त्यसले केपी ओली नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक सरकार हो भनेर भन्ने अवस्था देखिन छाडेको छ । जसको ज्वलन्त उदाहरणको रुपमा बुधबार व्यास नगरपालिका वडा नं १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटनको घटनालाई लिन सकिन्छ । स्थानीय आयोजकको निमन्त्रणलाई स्वीकार गरेर काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पुल उद्घाटन कार्यक्रममा सहभागी हुन गएका थिए । तर पूर्व सभामुख समेत रहेका काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि सरकारले धरपकड र आक्रमण गर्यो । जुन घटनामा काग्रेसका दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु घाईते समेत हुन पुगेका छन् ।

खासगरी नेकपाबाट निर्वाचित विवादस्पद छविका सांसद कृष्णकुमार श्रेष्ठको निर्देशनमा सरकारले वरिष्ठ नेता पौडेल र काग्रेस कार्यकर्ताहरु माथि धरपकड र आक्रमणको घटना गरेको हो । तनहुँमा मात्र नभई देशव्यापी रुपमा नेकपा नेतृत्वको सरकारले यस्तै हर्कत प्रदर्शन गर्दै आईरहेको छ । जुन हर्कत लोकतन्त्र विरोधी रहेको छ । यथार्थतको धरातलमा उभिएर भन्ने हो भने सरकार अधिनायकवादको बाटो तर्फ अगाडि बढिरहेको छ । जुन देश र जनताका विरुद्धमा रहेको छ । यस किसिमको अधिनायकवादी चरित्र सरकारले प्रदर्शन गरिराख्ने हो भने लोकतन्त्र नै खतरामा पर्ने निश्चित छ । तसर्थ सरकारले चालेका अधिनायकवादी कदमका विरुद्ध प्रतिपक्ष कांग्रेस र लोकतन्त्रमा आस्था राख्ने अन्य राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणले खवरदारी गर्नुपर्ने बेला आएको छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s