पुल उद्घाटनको विषयमा नेकपाका सांसदले गरे पत्रकार सम्मेलन

दमौली , १९ मंसिर । पुल उद्घाटनको विवादको विषयमा नेकपाबाट सांसदहरुले शुक्रबार पत्रकार सम्मेलन गरेका छन् ।

शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरी घटनाको बारे राखेका हुन् । पत्रकार सम्मेलनमा नेकपाबाट निर्वाचित प्रतिनिधीसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरु सामेल हुनु भएको थियो । प्रकृया र विधीलाई बाईपास गरी निर्वाचित सांसदहरुलाईलाई कुनै सम्पर्क समन्वय नगर्ने तथा पुल निर्माणमा बजेट विनियोजन गर्ने सम्बन्धित मन्त्रालय एवं त्यसको जिल्ला स्तरको कार्यालयमा समन्वय नगरी बल मिच्चाई र नीति विपरीत गरिएको सांसदहरुको भनाई थियो । पत्रकार सांसदहरु केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ किसान, कलिला खान, राष्ट्रिय सभाका सांसद भगवती न्यौपाने, रामबहादुर गुरुङको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनमा सभामुख समेत भईसकेको एक सम्मानित राष्ट्रिय व्यक्तिले त्यस्ता गलत प्रक्रियाबाट भएको कार्यमा सहभागी हुनु घोर निन्दनीय दुःखद कार्य सांसद सिग्लेलको भनाई थियो ।
पत्रकार सम्मेलनमा प्रतिनिधी सभाका सदस्य श्रेष्ठले काँग्रेसका नेताबाट गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने सार्वजानिक धारणा राखेको उल्लेख गर्दै छानबिन गर्न र दोषी देखि सबै सम्पक्ति राष्ट्रियकरण गर्न तयार रहेको बताएका थिए । ‘मैलै व्यापार गरेर कमाएको धन हो, बरु काँग्रेसका नेताले व्यापारनै नगरी राजनीतिक गरेको भरमा काठमाडौंमा घर र महङ्गो गाडी कसरी चढे ? भनि प्रतिप्रश्न गरे ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s