पत्रकार सम्मेलनमा किन उपस्थित भएनन तत्कालिन माओवादी सांसद?

नेकपाका सांसदले गरेको पत्रकार सम्मेलनमा तत्कालिन माओवादीका सांसद किन उपस्थित भएनन्

दमौली , १९ मंसिर । पुल उद्घाटनको विवादको विषयमा नेकपाबाट निर्वाचित सांसदहरुले शुक्रबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरे ।तर तत्कालिन माओवादीका तर्र्फबाट निर्वाचित सांसदहरुले भने पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।

तनहुँमा तत्कालिन माओवादीको तर्फबाट प्रदेशका आन्तरिक मामिला मन्त्रि हरिबहादुर चुमन र आशा कोइराला रहेका थिए । जसमध्ये कोइराला तनहुँ नै आएपनि कार्यक्रममा सहभागी नभएको बुझिएको छ । त्यस्तै तत्कालिन नेकपाका तर्फबाट निर्वाचित भएका गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ समेत पत्रकार सम्मेलनमा अनुपस्थित भएका थिए । सायद गुरुङ व्यस्त भएर पत्रकार सम्मेलनमा उपस्थित नभएकोे हुनु पर्दछ ।तर तत्कालिन माओवादीका तर्फबाट निर्वाचित सांसदहरु उपस्थित नहुनुमा विशेष कारण रहेको बुझिएको छ ।

प्राप्तजानकारी अनुसार काग्रेस वरिष्ठ नेता पौडेललाई प्रकाउ गर्ने विषयमा गृहमन्त्री रामबहादुर थापा र गृहसचिव मतभेद सिर्जना हुन पुगेको छ । यसरी मतभेद सिर्जना भएसगै तत्कालिन माओवादीका सांसदहरु पत्रकार सम्मेलनमा उपस्थित नभएको बुझिएको छ । यता पत्रकार सम्मेलनमा तत्कालिनमा माओवादीका खेमाका जिल्ला स्तरीय नेताहरु समेत खासै उपस्थित भएका थिएनन् ।उपस्थित भएकाहरु समेत कार्यक्रम स्थलबाट फुत्तफुत्त बाहिरिएका थिए । पत्रकार सम्मेनलमा तत्कालिन नेकपाबाट निर्वाचित सांसदहरु केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ, भगवती न्यौपाने ,कलिला खाँन र रामबहादुर गुरुङ उपस्थित भएका थिए ।उपस्थित मध्ये पनि कृष्णकुमार श्रेष्ठ बढी आक्रमक रुपमा प्रस्तुत भएका थिए । बोल्ने क्रममा सांसद श्रेष्ठले केन्द्रीय सदस्य प्रदीप पौडेल र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई आफ्नो सांसदलाई पदलाई विर्सेर गाली गलौज गरेका थिए ।त्यसक्रममा सांसद श्रेष्ठलाई केन्द्रीय सदस्य पौडेल र व्यास नगरपालिका प्रमुख न्यौपानेलाई पागल समेत भन्न भ्याएका थिए । त्यस्तै केन्द्रीय सदस्य शंकर भण्डारी र धु्रव वाग्लेलाई समेत विभिन्न आरोप लगाएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s