
दमौली,१८ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र गुम्ने र प्रतिगमनले टाउको उठाउने अवस्था आएकोले नेपाली जनताले फेरी अर्को आन्दोलन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन् ।
नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । नेकपाले जहाँ पनि हस्तक्षेप गरेर अधिनायकवाद लाद्न खोजेको र राजवादीहरु जुरुमुराएर प्रतिगमन निम्त्याउने अवस्था आएकोले जनता सडक ओर्लिएर प्रतिक्रार गर्नुपर्ने बताए । स्वतन्त्र न्यायलय र अख्तियारमा सरकारले हस्तक्षेप गरेर तानाशाह शैली अपनाएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले जो दोषी छ त्यसलाई पार्टी नहेरीकन कारबाही गरिनु पर्ने बताए । ‘दुधको दुध पानीको पानी छुट्टाउनु पर्छ, जुन दोषी औंला छ त्यही झर्छ आफ्नो अर्को भन्नु हुँदैन’ नेता पौडेलले भने । काँग्रेसको १४ औ महाधिवेशन तोकिएको अवधिमा हुनु पर्ने उनले बताए थिए ।
अभैm पनि तयारीको समय रहेकोले सम्भव भएको पौडेलको भनाई रहेको थियो । ने.का. पार्टी विधि, नियम र पद्धतिमा चल्ने भएकोले तोकिएको मितिमै अधिवेशन हुनुपर्छ भनेर आन्तरिक रुपमा संघर्ष गरिरहेको पौडेलले बताए । ‘प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टी भित्रै लडाई गरिरहेको छु ।’ नेता पौडेलले पत्रकार सम्मेलनमा भने । पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा हुनुपर्ने कुरामा नेता पौडेलको जोड दिए । सरकार देशको उन्नति र जनतालाई सुशासन दिनुको अलवा भष्ट्राचार, पक्षपात र प्रतिगमन तर्फ लिप्त रहेको नेता पौडेलको आरोप थियो ।
कार्यक्रम नेपाल प्रेस यूनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन युनियनका सचिव प्रकाश अधिकारीले गरेका थिए ।