तरुण विभागद्धारा घटनाको निन्दा : पतन उन्मुख र भ्रष्ट सत्ताको बलमा सिर्जना गर्न खोजिएको अराजक गतिविधी हो–केन्द्रीय सदस्य भण्डारी

सेतीमादी संवाददाता
दमौली, १७ मंसिर ।

नेपाली काँग्रेसको तरुण विभागले बुधबार तनहुँमा भएको घटना प्रति प्रेस विज्ञेप्ती जारी गरी निन्दा गरिएको छ । तरुण विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले विज्ञेप्ती जारी गरि निन्दा गरेका हुन्

‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रमुख अतिथि रहने गरि स्थानीय जनताले आयोजना गरेका सार्वजनिक कार्यक्रम, निर्माण सम्पन्न भएका पूर्वाधार कार्यक्रमको उद्घाटनलाई अवरोध गर्ने तथा हुलहुज्जत गर्ने कार्यको कडा शब्दमा भत्र्सना गर्न चाहन्छु ’ विज्ञेप्तीमा भनिएको छ । विकास निर्माणका कार्यक्रम सम्पन्न गर्ने स्थानीय समुदायले आफ्नो इच्छा अनुसार आफुले रोजेको राष्ट्रिय हैसियत बनाएको व्यक्तिबाट उद्घाटन गराउन पाउने अधिकारलाई समेत कुण्ठित गर्न खोजिएको विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

अतिवादी ,अराजनीतिक र अधिनायकवादी चरित्र वोकेका व्यक्तिहरुले नेपाली कांग्रेसको शिर्ष नेतृत्व प्रति देखाएको व्यवहार अत्यन्त निन्दनिय भएको जनाईएको छ । । उक्त घटनाको उचित छानबिन गरी दोशिहरुमाथी कडा भन्दा कडा कारवाहीको माग विज्ञप्तीमा गरिएको छ । नेपाल लोकतान्त्रिक मुलुक हो, नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाली कांगे्रसको योगदान अतुलनिय छ भनि विज्ञेप्तीमा लेखिएको छ । हामीले आम जनताको समेत राजनीति, सामाजिक, सास्कृतिक अधिकार सुनिश्चित गर्ने गरि प्रजातान्त्रिक मुल्य मान्यताको विकासका लागि दशकौ संघर्ष गरेको उल्लेख छ ।

तनहुँ प्रजातन्त्रका सेनानी, प्रखर चिन्तक र रुपान्तरणकारी नेतृत्वको जिल्ला भएको र त्यस जिल्लाको हरेक कुना कन्दरामा नेपाली कांग्रेसले हुर्काएको लोकतान्त्रिक चरित्र, सौहार्दता, संस्कार र शालिनता पाइन्छ भनि विज्ञप्तीमा उल्लेख छ । अहिले मुलुकमा नेकपाको सरकारले अभ्यास गरेको निरंकुशता, अधिनायकबाद, भ्रष्टाचार, अराजकता र अशान्तिबाट उत्साहित भएका आफुलाई कम्युनिष्ट भन्न चाहने केहि विचार शुन्य र संस्कार विहिन व्यक्तिहरुले त्यहा उत्पन्न गराएको परिस्थिती अस्विकार्य छ भनि विज्ञेप्तीमा जनाईएको छ । संविधानत स्थापित मौलिक हक, नेपाली कांग्रेस जस्तो पार्टीको शिर्ष नेता संलग्न रहेको कार्यक्रममा केही उग्र व्यक्तिहरुले नेकपाको निर्देशनमा अवरोध खडा गर्ने र त्यसलाई निहुँ बनाएर स्थानीय प्रशासनले कार्यक्रम स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने कार्यको निन्दा गर्ने शब्द नै छैन भिन विज्ञप्तीमा उल्लेख छ । ‘के नेपालको प्रशासन पूर्णत नेकपाकरण भएको हो ? के नेपालमा कम्युनिष्ट अधिनायकबाद लागु भएको हो ? के नेकपा भन्दा अरु दलका गतिविधि निषेध गर्न के.पि. ओलि सरकारबाट निर्देशन जारी भएको हो ? भन्ने जस्ता गम्भिर प्रश्न सिर्जना भएको छ’ विज्ञप्तीमा भनिएको छ ।

नेपालका कम्युनिष्टहरुले अहिले उपभोग गरिरहेको हक स्थापित गर्न नेपाली कांग्रेसले सबैभन्दा वढी योगदान गरेको छ । तनहुँको विकास, सम्वृद्धि र उन्नतिका लागि नेपाली कांग्रेसले गरेको योगदान सबै भन्दा वढी छ । केही प्राविधिक कारणले कांग्रेस केही कमजोर जस्तो देखिएता पनि लोकतन्त्रको विकास, मुलुकको सम्वृद्धि र राष्ट्रियताको प्रवर्धन तथा नागरिक हकको रक्षा कांग्रेस भन्दा अरु कसैले गर्न सक्दैन भन्ने नेकपाको सरकारले नै पुष्टि गरेको बताईएको छ ।

तनहुँमा केन्द्रको दवावमा सिर्जना गरिएको विषम परिस्थिती हो वा स्थानीय नेकपा कार्यकर्ता र प्रशासनको अवैध र अविवेकी गठजोडले सिर्जना गरेको अशान्ति हो त्यसको तत्काल अन्त्य गर्ने र सार्वजनिक कार्यक्रममा अवरोध गर्ने व्यक्तिलाई कानुनको कठघरामा उभ्याउन माग पनि गरिएको छ ।

‘यो घटनालाई मैले व्यक्तिगत रुपमा गम्भिरताका साथ लिएको छु , निषेधको राजनीति गर्न चाहने, अराजकताका माध्यमबाट नेपाली कांग्रेलाई तर्साउन चाहने, र आफ्नो कर्तव्य विर्सिएर उसको पिछा लाग्नु बनेको प्रशासनलाई नेपाली कांग्रेसको इतिहास पढन सुझाव दिन्छु भने आवश्यक पर्दा त्यस्ता अराजक तत्वलाई कांग्रेसले उचित जवाफ दिनेमा सचेत गराउन चाहन्छु ’ विज्ञेप्तीमा भनिएको छ । साथै विज्ञेप्तीमा तनहुँवासी सम्पुर्ण प्रजातन्त्रप्रेमी दाजुभाई दिदिवहिनिहरु तपाइहरुको लोकतन्त्र, विकास र नागरिक अधिकारप्रतिको निष्ठा अतुलनिय भएको उल्लेख गर्दै पतनउन्मुख र भ्रष्ट सत्ताको बलमा त्यहा सिर्जना गर्न खोजिएको अराजकताको जवाफ तपाईहरुको सङ्गठित प्रयत्नले दिनेछ भन्ने विश्वास लिएको छु भनि भनिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s