तनहुँमा झण्डै सात हजार घर पुनर्निर्माण हुन बाँकी

दमौली ,१७ मंसिर ।
तनहुँमा १५ हजार ९६३ लाभग्राही मध्ये नौ हजार १०६ परिवारले घर निर्माण गरेको छन् । जिल्लामा छ हजार ८५७ निजी आवास पुनर्निर्माण हुन बाँकी छ ।
कुल लाभग्राहीमध्ये १४ हजार ६२० जनाले पहिलो किस्ता लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ । इकाईका सूचना अधिकारी सूर्यप्रसाद शर्माका अनुसार दोस्रो किस्ता बापतको रकम १० हजार ४२३ परिवारले लगेका छन् । त्यस्तै नौ हजार १०६ परिवारले निर्माण पुरा गरी तेस्रो किस्ताको रकम प्राप्त गरेका छन् । जिल्लामा छुट तथा पुर्नजाँचबाट ८३२ जना लाभग्राही सूचिकृत भएका छन् । पूर्ण क्षति भएर पनि सूचिमा नपरेको भनि गुनासो भरेका २६ जनाको भने निर्णयको लागि केन्द्रीय कार्यालयको कार्यकारी समितिमा पेश गरिएको कम्प्युटर अपरेटर सुजन तिवारीले बताएका छन् । जिल्लामा सर्वेक्षण गरिएको आठ हजार ३९ जना गैर लाभग्राहीको रुपमा पहिचान तिवारीले बताए ।


१३ हजार ४३ लाभग्राहीले हालसम्म पनि अनुदान रकम लिनको लागि सम्झौता नगरेको इकाईले जनाएको छ । इकाईका अनुसार पुस १५ सम्म पहिलो किस्ता, माघ मसान्तसम्म दोस्रो र वैशाख मसान्तसम्म निर्माण पुरा गरि तेस्रो किस्ता लगिसक्नु पर्ने प्रावधान रहेको छ । भूकम्पबाट पूर्ण क्षति भएका लाभग्राहीले ३ लाख रुपैयाँ अनुदान रकम पाउँछन् । जोखिमयुक्त बस्तीमा परेका र लालपूर्जा नभएकाले जग्गा खरीद गर्नु पर्ने अवस्था भएमा थप रकम दुई लाख पाउने व्यवस्था छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s