म्याग्दे गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास

दमौली , १५ मंसिर । ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उदेश्य सहित म्याग्दे गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण गरिने भएको छ ।

अस्पतालको सोमबार गाउँपालिका अध्यक्ष मायादेवी रानाले शिलान्यास गरेकी छन् । अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रानाले अस्पताल निर्माण सगै म्याग्देका स्थानीय वासिन्दालाई स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने बताएकी थिइन् । साथै अध्यक्ष रानाले अस्पताल निर्माण कार्यलाई जति सक्दो छिटो सम्पन्न गर्ने समेत बताएकी थिइन् । अस्पताल सञ्चालनको विषय चुनौतीको विषय भएको हुँदा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा समेत अध्यक्ष रानाले जोड दिएकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले अस्पताल निर्माणको १० करोड रुपैयाँ प्राप्त हुने र हालका लागि ८४ लाख रुपैयाँ निकासी भएको जानकारी दिएका थिए । अस्पताल सञ्चालनको जिम्मा स्थानीय तहकै हुने भएकोले दीर्घकालिन रुपमा सञ्चालनको लागि खर्च जुटाउनु पर्ने जरुरी रहेको उल्लेख गर्दै अधिकारीले सहमतीको आधारमा छलफल गरी टुंगाउनु पर्नेमा जोड दिएका थिए ।
साथै प्रमुख प्रशासकिय अधिकृत अधिकारीले अस्पताललाई म्याग्दे गौरवको आयोजनाको रुपमा लिईएको जानकारी दिए । पृथ्वीराजमार्गसँग जोडिएकोले निर्माण लागत कम हुने र यस क्षेत्र वरिपरि जनसंख्या बढी भएकोले पनि धेरै जना लाभान्वित हुने बताएका थिए । पृथ्वीराजमार्गमा भएको दुर्घटनामा तत्काल उपचारको लागि पनिय यस अस्पतालको महत्व धेरै हुने उनले बताए ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष प्रेमबहादु्र थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा म्याग्दे गाउँपालिका पूर्व कायममुुुुुुकायम कार्यकारी अधिकृत तिर्थराज वाग्ले नेकपाका शेरबहादुर मल्ल, दिलबहादुर नेपाली, नेपाली काँग्रेस म्याग्दे गाउँपालिका सभापति रामबहादुर अधिकारी, म्याग्दे गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष श्रीबहादुर थापा, ६ का अध्यक्ष वसन थापा, ७ का अध्यक्ष पदमराज वाग्ले, स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरे, थर्पु स्वास्थ्य चौकीका प्रमुख सुर्यकुमार श्रेष्ठ, टोलविकास सस्थाको तर्पmबाट वीरबहादुर थापा लगायतले सबैजना एक जुट भएर अस्पताल निर्माणमा मद्धत पु¥याउनु पर्नेमा जोड दिएका थिए ।
अस्पताल म्याग्दे–४ ठाँटीटार स्थित थुर्प स्वास्थ्य चौकीलाई स्तरोन्नोति गरी अस्पताल बनाउन लागिएको हो । २०३५ सालमा स्थानीय अक्षयकुमार कायस्थबाट एक हजार रुपियाँमा खरीद गरिएको ५ रोपनी लालपुर्जा भएको र बाँकी ६ रोपनी सार्वजानिक जग्गाको उपयोग गरी अस्प्तालको निर्माण कार्य अघि बढाईएको कार्यक्रममा जानकारी दिईएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s