तनहुँका नौ वटा क्रसर उद्योग बन्द गर्न पत्राचार

दमौली ,१५ मंसिर ।
तनहुँमा रहेका सबै क्रसर उद्योग नियम विपरित सञ्चालन गरेको पाइएको छ ।
अवैध रुपमा सञ्चालित १७ उद्योग मध्ये नौ वटालाई बन्द गरिसकिएको र बाँकीलाई एक वर्ष भित्र स्थानान्तरण गर्न भनिएको जिल्ला समन्वय समिति तनहुँले जनाएको छ । बन्दीपुर गाउँपालिकाको एक, म्याग्दे गाउँपालिकाको तीन र शुक्लागण्डकी नगरपालिकाको पाँच वटा गरी नौ वटा क्रसर उद्योगलाई बन्द गर्न सम्बन्धित पालिकालाई आइतबार पत्रचार गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । नियम अनुसार पहिला दर्ता भएका तर हाल नयाँ कानुन अनुसार अवैध भएकालाई एक वर्ष भित्र स्थानान्तरण गर्न पाउने अधिकार भएकोले आठ वटा उद्योगलाई भने बन्द नगरिएको समन्वय प्रमुख वाग्लेले जानकारी दिए । अनुगमनका क्रममा उद्धेश्य विपरित सञ्चालन गर्ने तथा दर्ता नगर्ने गरेको पाइएकोले बन्द गर्न पत्रचार गरिएको उनले बताए ।


‘नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारबाट जारी गरिएको ढुङ्गा, गिटी, बालुवा उत्खनन्, सङ्कलन, क्रसिङ तथा बेचविखनको लागि बनाइएको मापदण्ड विपरित रहेकोले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगरी उद्योग सञ्चालन गरिएकोले बन्द गर्न निर्देशन दिईएको समितिले जनाएको छ । पालिका अन्तर्गत रहेका क्रसर उद्योगलाई दर्ता, नविकरण, प्रबन्धपत्र, नियमावली, सञ्चालन अनुमतिपत्र, घरेलु कार्यालयमा दर्ता गरेको प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्रमाणपत्र तथा वातावरणीय अध्ययन प्रतिवेदन स्विकृत गरेर मात्रै सञ्चालनको लागि अनुमति दिन समितिले स्थानीय तहलाई पत्रचार गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी प्रेमराज गिरीले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s