
दमौली,१५ मंसिर ।
ऋषिङ गाउँपालिकाको वडा नं ८ सिल गरिएको छ ।
वडा कार्यालयले एक विज्ञप्ती जारी वडा कार्यालय सिल गरिएको जानकारी गराएको हो । वडा अध्यक्ष भविसरा आलेद्धारा हस्ताक्षरित विज्ञप्तीमा कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै वडा कार्यालय सिल गरिएको उल्लेख गरिएको छ। विज्ञप्तीमा व्यापार व्यवसाय, विद्यालयको पठनपाठन बन्द गर्न आग्रह गरिएको छ ।
यसअघि सोही वडाका ७८ बर्षिया बृद्धाको उपचारका क्रममा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।