क्षेत्र नं २ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम बजेट विनियोजन

दमौली ,१४ मंसिर ।
तनहुँ क्षेत्र नं २ का सांसद केदार सिग्देलले तनहुँ क्षेत्र नं २को प्रतिनिधीसभा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सम्वन्धी योजनाहरुको बजेट विनियोजन गरेका छन् ।
जसअनुसार सांसद सिग्देलले व्यास नगरपािलकाको वडा नं ५ मा राष्ट्रिय परोपकार महासंघ नेपाल तनहूँको जेष्ठ नागरिक चौतारी भवनको ट्रस हल निर्माणका लागी १० लाख, दभुङ्ग चण्डीदेवी गुठी सामुदायिक भवनको ट्रस र शौचालय निर्माणका लागि १० लाख, व्यास ६ को शिसाघाट वजारको सिम्लेदेखि मादी नदीको पुल सम्म सडक कालोपत्रे गर्नका लागी ३० लाख गरि व्यासको ५ र ६ नं वडामा ५० लाख विनियोजन गरेका छन् ।
त्यस्तै म्याग्दे गाँउपालिकामा वरचौर खानेपानी निर्माण सुधारका लागि १५ लाख, निर्मलवस्ती थानसिंह मोटरमार्ग कालोपत्रे गर्न १५ लाख, नागढुङ्गा खेलमैदान निर्माण छाङ्गदीटारका लागी १० लाख, जौखोला धैरेनी मोटर मार्गका छिर्दि दोभान कल्भर्ट निर्माणका लागि १० लाख, जनसहयोगी मोटर मार्ग स्तरोन्नतीका लागी १५ लाख गरि कुल ६५ लाख विनियोजन गरिएको छ ।


त्यसैगरी सांसद सिग्देलले शुक्लागण्डकी नगरपालिका अन्र्तगत काप्रेक खेलमैदान, थप्रेक तथा मुशिलम सामुदायिक भवन निर्माण भ्याकुते सहित वडा नं १ मा १५ लाख, आर्दश टोल सामुदायिक भवनको कम्पाउण्ड वाल तथा पार्क निर्माण वडा नं ३ मा १० लाख, भृगु त्रिवेणीधाम शव दाह स्थल निर्माण सुधारका लागि १० लाख, दुलेगौडा नयाँपुल देखि लालिम जाने मोटरमार्ग कालोपत्रे वडा नं १० मा २० लाख, कुमाल सामुदायिक भवन निर्माण वडा नं ७ मा १० लाख, राईपुर कोटकालिका पूर्वाधार विकास कार्यक्रम का लागी १० लाख गरी ७५ लाख विनियोजन गरेका छन् ।


त्यस्तै भिमाद नगरपालिकामा उत्तर दक्षिण मोटरमार्गको छाव्दी वराही मन्दिर देखी सिगारभन्ज्याङ्ग खण्ड स्तरवृद्धि तथा फाँचेथर कोटथर पर्यटकीय पैदलमार्ग निर्माण समेत का लागी १५ लाख, लोकतान्त्रिक मार्ग स्त्तरोन्नती जलौदी देखि सुनाकोट सम्मका लागी १० लाख, खरखरे खानेपानी योजना सुविधा विस्तारका लागी १५ लाख, नेवा खल भवन निर्माण र जनज्योति माविको क्यान्टिन छानो समेतका लागी ११ लाख ४० हजार भिम देउराली मोटरमार्ग स्तरोन्नती वडा नं ७ मा १० लाख, वालज्योती आधारभूत विद्यालय तला थप गर्नका लागी १० लाख गरि कूल ७१ लाख ४० हजार विनियोजन गरेका छन् ।
त्यस्तै घिरिङ्ग गाँउपालिकामा पुट्टार ढोपर खोल्सी खानेपानी योजनाका लागि १५ लाख, राधाकृष्ण मोटरमार्ग गोफा–देउराली–डुम्रेवेशीका लागी १५ लाख, अर्चलकोट–मानपुर–खिला खानेपानी सुविधा विस्तारका लागी १५ लाख, नयाँटार गावुडाडा मार्ग स्तरोन्नतीका लागी १० लाख, वनडाँडा खानेपानी योजना सुविधा विस्तारका लागी १० लाख गरि कुल ६५ लाख बजेट विनियोजन गरिएको छ ।


त्यसैगरी रिसिङ्ग गाँउपालिकामा झापुटार–धवला–ग्वासलुङ्ग धनवास मोटरमार्ग स्तरोन्नतीकालागी १५ लाख, गोठादी सामुदायिक भवनका लागि १० लाख, सिसेरा खोला खानेपानी योजना स्तरवृद्धिका लागी १० लाख, श्रृङ्ग मावी गोठादी तला थप गर्नका लागी १० लाख, शिव सरास्वती माविको प्राविधिक शिक्षा संचालनका लागी भौतिक विस्तारमा २५ लाख गरि कूल ७० लाख विनियोजन गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s