एक साता अगाडि तनहुँको चिया पसलमा भेटिएका थिए पारस

दमौली , ११मंसिर ।
राजतन्त्र नढलेको भए पूर्व युवराज पारस यतिबेला आलिसन नारायणहिटी दरबारमा हुने थिए । तर जनआन्दोलन भाग २ को बलमा राजतन्त्र अन्त्य हुन पुग्यो । राजतन्त्र अन्त्य भएसगै पूर्वराज परिवार नारायणहिटी दरबार छाडेर आफ्नै निजी निवास निर्मल निवास बस्दै आईरहेको छ । तर पूर्व युवराज पारस शाह भने पारिवारिक बेमेल भएसगै लामो समय देखि बेग्लै बस्दै आईरहेका छन् । यसरी बेग्लै बस्ने क्रममा उनी लामो समय थाइल्याण्डमा बसे भने केही बर्ष अगाडि नेपाल फर्किएका छन् ।

नेपाल फर्किएपछि पनि पारस आफ्नै हिसाबले बस्दै आईरहेका छन् । पछिल्लो समय त पारस पोखरामा बस्ने गरेका छन् । पोखरामा बस्दै आईरहेका पारस बेला–बेलामा देशका विभिन्न भागमा धार्मिक तथा घुमफिरका लागि निस्कने गरेका छन् । यसरी घुमफिरमा निस्कने क्रममा पारस गाउँबस्ती र सडक पेटीका झुपडीमा समेत भेटिन थालेका छन् । यसैक्रममा केही दिन अगाडि पारस तनहुँको घाँसीकुवा स्थित एक चिया पसलमा भेटिएका थिए । साथीसंग चिया पसलमा छिरेका पारस सामान्य पहिरिनमा रहेका थिए । चिया पसल सञ्चालकले बताए अनुसार उनी करिब आधा घण्टा जति पसलमा बसेका थिए ।
पारस चियापसलमा छिरेर सगै स्थानीयलाई निकै चासोको साथ हेरेका थिए ।साथै पारससंग तस्बिर खिच्नका लागि इच्छा समेत देखाएका थिए ।तर पारसले चियापसलकी सञ्चालिका बाहेक अन्य संग भने तस्बिर खिचेका थिएनन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s