म्याग्देमा विकास याेजना शिलन्यास


सेतीमादी संवाददाता
दमौली, मंसिर १० गते । तनहुँको म्याग्दे गाउँपालिकाले घेरौंदी रिट्ठेपानी म्याग्दे खोलामाथि बक्स कल्भट निर्माण शुरु गरेको छ । उक्त बक्स कल्भटको गाउँपालिकाकी अध्यक्ष मायादेवि रानाले एक कार्यक्रमका बीच बुधबार शिलान्यास गरेकी छिन् ।
उक्त अवसरमा अध्यक्ष रानाले पुल नहुँदा वर्षायामा जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता हटाउन तथा सवारी साधन आवत÷जावत गर्न सहज बनाउन कल्भट निर्माण कार्य थालनी गरेको बताईन् । साथै उनले जनताको सुख दुःखमा सधैं गाउँपालिकाले साथ दिने उल्लेख गर्दै पीर मर्का बुभ्mनको लागि घरदैलोमा पुग्ने गरेको स्मरण गरिन् ।
कार्यक्रममा प्र्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारी, वडा नम्बर ५ अध्यक्ष शिवबहादुर आले, वडा नम्बर ६ का अध्यक्ष वसन थापा लगायतले जन सहभागितामा निर्माण गर्न लागिएकोले जनताले अपनत्व गर्ने उल्लेख गर्दै जनसहभागिता हुने निर्माणलाई प्राथमिकतामा पारिएको कुरालाई जोड दिएका थिए । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष चित्रबहादु थापाको अध्यक्षतामा भएको थियो । गाउँपालिकाको १५ लाख र बाँकी जनश्रमदान गरी १८ लाख रुपैयाँको लागतमा कल्भट निर्माण गर्न लागिएको योजना अधिकृत श्रीराम खनालले जानकारी दिए । पुल निर्माणले वडा नम्बर ५ र ५ का बासिन्दाहरु लाभान्वित हुने कार्यक्रममा जानकारी दिईएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s