ठूला एकादशीमा नदी र मन्दिरमा जान प्रतिबन्ध

दमौली ,१० मंसिर ।
तनहुँमा ठूला एकादशी तथा चाडपर्व मनाउँदा नदी, किनार, घाट मन्दिरमा उपस्थित हुन नपाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले भेला नभई घरमै सिमित गर्न सूचित गरेको छ । समाजमा कोरोना भाईरसको सङ्क्रमण बढी रहेको थप पैmलन नदिन सावधानी अपनाउन र सचेत रहन घरम रहन सूचित गरिएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्धारा विज्ञप्तीमा सूचित गरिएको हो । चाडपर्वको समयमा अधिक आवगमन, वा भिडभाडजन्य गतिविधिले सङ्क्रमणको जोखिम बढ्ने हुनाले नजिकै आईरहेको हरिबोधनी एकादशी लगायतका पर्व मनाउँदा घरमै सिमित रही भिडभाड नगर्न, नगराउन, मेला नगर्न, नगराउन भनिएको छ ।


साथै विज्ञप्तीमा केही व्यवसाय, व्यक्ति, संघ सस्था तथा सरकारी कार्यालयमा समेत नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालनमा कमी भईरहेकोले पालन गर्न भनिएको छ । भौतिक दुरी कायम गर्न, अनिवार्य मास्क लगाउन, नियमिति साबुन पानीले हात धुने सेनिटाईजरको प्रयोग गर्ने गराउने भनिएको छ । सवारी साधनमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी यात्रु नराख्ने, स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालन गर्ने, गराउने भनिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s