सेतीमादी संवाददाता
दमौली, १० मंसिर ।
नेपाली काँग्रेस तरुण विभागका सचिव श्यामप्रसाद श्रेष्ठले काँग्रेस सरकारमा जानु उपयुक्त नहुने बताएका छन् । नेपाल तरुणदल व्यास नगर समितिले बुधबार दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले काँग्रेस प्रतिपक्षमा नै बस्न उचित हुने बताए ।

भ्रष्ट्राचारमा लिप्त भएर बसेको सरकार कसरी ढाल्ने हो भनेर काँग्रेस तातेर लागेको अवस्थामा यही सरकारमा समावेश हुनु नहुने श्रेष्ठले बताए । कलंकित सरकारमा समावेश भए ठुलो दुर्घटनामा परिने श्रेष्ठको भनाई थियो ‘८ वटा मन्त्रालय लिएर काँग्रेस सरकारमा जान्छ भन्ने कुरा सञ्चारमाध्यममा आएको उल्लेख गर्दै उनले यस्तो बेला सरकारमा जान उपयुक्त नहुने बताए । ‘शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी ओलीको साँठगाठ भई फेरि सरकार बनाउने कुरा आएको तर काँग्रेस सरकारमा जाने सभ्भावना छैन ।’ तरुण नेता श्रेष्ठले भने । केन्द्रीय कार्यसमितिको बैठकले सरकार जाने कुरा स्विकार्न गर्न नहुने पनि उनले बताए ।

तरुण विभाग प्रमुख तथा केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँको मात्रै नभई ७७ जिल्लाको तरुणको संरक्षण गरिरहेको उनले बताए । ‘तरुणको आवाज ध्यानपूर्वक सुन्ने र दुःख परेकालाई साथ दिएर भण्डारीले कुशलता पूर्वक तरुणलाई संरक्षण गर्नु भएको छ ।’ श्रेष्ठले बताए । भण्डारी जस्तो जिल्लाको मात्रै नभई राष्ट्रिय नेतृत्व लिन सक्ने अन्तराष्ट्रिय भाईचार कायम गर्न सक्ने नेता तनहुँले पाउनु गौरवको कुरा भएको उनले बताए ।
कार्यक्रम नेपाल तरुणदल व्यास नगर समितिको कार्यवाहक अध्यक्ष जीवनजंग ठकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा शिक्षक स्थायी हकहित मंचका केन्द्रीय संयोजक रमेशबाबु भट्टराई, नेपाल वन पैदावर तनहुँका पूर्व अध्यक्ष प्रदीप पौडेल लगायतले काम गर्ने जोश भएका पाखुरीमा बल भएका युवाहरुलाई पार्टीले काम र अवसर दिएमा संगठन बलियो बनाउन मद्धत पुग्ने कुरामा जोड दिएका थिए ।