दमौली , ९ मंसिर । मध्यनेपाल नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

मध्यनेपाल नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिका क्षेत्र भित्रका विद्यालयहरुमा ५४ थान थर्मगन ,२९ हजार ९ सय ५० थान मास्क र १ सय २५ लिटर सेनिटाईजर वितरण गरेको छ । यसैबीच उक्त स्वास्थ्य सामाग्री मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले विद्यालयहरुलाई हस्तान्तरण गरेका छन् । सुरक्षित ढंगले सिकाई सहजीकरणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको प्रमुख पाण्डे बताउँछन् ।
