तनहुँ काग्र्रेसको गम्भीर आपत्ति
दमौली , ९ मंसिर । सत्तासिन नेपाल कम्युष्टि पार्टी (नेकपा)का केही सांसदले नेपाली काग्रेस पार्टी र पार्टीका नेताहरुप्रति लगाएको आरोपको नेपाली काग्रेस तनहुँले गम्भीर आपत्ति जनाएको छ ।

खासगरी जिल्लाको विकास निर्माणका विषयमा लगाएको आरोपको तनहुँ काग्रेसले आपत्ति जनाएको हो । पार्टी सचिव विश्व वास्तोलाद्धारा जारी विज्ञप्तीमा लोकतान्त्रिक आन्दोलनमा कुनै योगदान नभएका सांसदहरुले लगाएको आरोपमा कुनै तुक नभएको समेत बताईएको छ । स्थानीय पूर्वाधारको बजेटलाई देखाएर अबिर लगाउदै हिड्न गैर राजनीतिक चरित्र भएको समेत जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रेस विज्ञप्तीको पूर्ण विवरण यस प्रकार छ ।
प्रेस विज्ञप्ती
मिति ः २०७७÷०८÷०९
संविधान सभाबाट निर्मित नेपालको संविधान २०७२ अनुसार संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भई तिन तहको सरकार गठन भएको आज ३ वर्ष नाघिसकेको छ । २०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना पश्चात नेपाली कांग्रेसको नेतृत्वमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण, संचार, सडक यातायात लगाएतका विकासका पुर्वाधारले गति लिइरहेको अवस्थामा १० वर्ष लामो शसस्त्र द्धन्द र तत्पश्चातको १२ वर्ष लामो द्धन्द व्यवस्थापनमा अल्झिनु पर्दा नेपाली कांग्रेसले शुरु गरेको विकासको अभियानमा गतिरोध उत्पन्न भएको सर्वविदितै छ । उक्त गतिरोधका वावजुद विगतमा नेपाली कांग्रेसको नेतृत्वमा गाउँगाउँमा विकासका पुर्वाधारहरु पुगेको कुरा तनहुँ जिल्लाका सवै गाउँटोल सम्म मोटरबाटो पुगेको तथ्यले आफै बताएको अवस्था छ । १० वर्ष लामो शसस्त्र द्धन्दले नेपाली जनताको अमनचैन र विकास कुण्ठित भएको अवस्थामा उक्त द्धन्दलाई व्यवस्थापन गरि संविधान सभबाट संविधान जारी गर्नुका साथै संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने क्रममा नेपालका अग्रज राजनितिक व्यक्तित्वहरुबाट अमुल्य योगदान पु¥याउनु भएको इतिहास शाक्षि छ ।
यसरी लोकतान्त्रिक आन्दोलनमा अमुल्य योगदान दिनु हुने नेताहरु प्रति अपमानजनक तरिकाले विकास गर्न नसकेको भनेर झुट्टा लान्छना लगाउद,ै नेपालको लोकतान्त्रिक प्रक्रियामा कुनै सहभागिता र योगदान नभएका अराजनैतिक पृष्ठभुमीका केही संघ र प्रदेसका माननिय सदस्यहरुले स्थानिय पुर्वाधारको बजेट वितरण गर्दा ठाउँ ठाउँमा मानिसहरु जम्मा गरि आफ्नो पार्टीको सदस्यता लिए मात्र विकास हुने अन्यथा विकास नहुने भनि सरकारी वजेटको आडमा सर्वसाधारण जनतालाई प्रलोभनमा पारि, अविर दल्दै हिडी नेपाली कांग्रेसलाई कमजोर देखाउन भईरहेको गतिविधि प्रति नेपाली कांग्रेस तनहुँको गंभिर ध्यानाकर्षण भएको छ । नेपाली जनताको करबाट राष्ट्रिय ढुकुटीमा जम्मा भएको रकमलाई कुनै पनि पार्टी हितमा दुरुपयोग नगर्न नगराउनुहुन नेपाली कांग्रेस सचेत गराउदछ । साविक रिस्ति गाविसमा एउटा पनि माध्यामिक विद्यालय नभएको भन्ने आधारमा नेपाली कांग्रेसले विगतमा विकास नै गरेन, अव सवै हामी गर्छौ भन्ने हुंकार गर्दै हिड्ने माननियज्यु हरुलाई आफ्नो कार्यकाल भित्र उक्त स्थानमा माध्यामिक विद्यालय खोलेर देखाउन नेपाली कांग्रेस तनहुँ खुल्ला चुनौती दिन्छ । यस्ता अराजनैतिक गतिविधिबाट भ्रमित नहुन सम्पुर्ण तनहुँबासीमा नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँ हार्दिक आग्रह गर्दछ ।
जय नेपाल !!!
……………….
विश्व बास्तोला
सचिव
नेपाली काँग्रेस जिल्ला कार्यसमिति, तनहुँ