
दमौली ,८ मंसिर ।
व्यास नगरपालिकाले नागरिकका अभिमतका आधारमा नगरपालिकाको नीति, कार्यक्रम र योजनाहरु र प्राथमिकताहरु निर्माण गर्ने निर्णय गरेको छ ।
त्यसका लागि सेयरकाष्ट इनिसियटिभसंग सहकार्य गर्ने निर्णय समेत गरेको छ । नगरपालिकाका आइतबार बसेको नियमित बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकले मानहुँकोटको विकासको लागि प्रदेश सरकारलाई आव्हान गर्ने निर्णय समेत गरेको छ । बैठक नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको थियो ।