थपिदै सुरक्षा चुनौती

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधीका कारण सिङगो मुलुकमा सुरक्षा चुनौती थपिदै जान थालेको छ । खासगरी प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले देशका विभिन्न भागमा सैन्य तालिमको गतिविधीलाई अगाडि बढाएसगै सुरक्षा चुनौती थपिन थालेको हो । उच्च सुरक्षा स्रोतले जानकारी दिए अनुसार कोरोना संक्रमणको मौका छोप्दै विप्लव नेतृत्वको नेकपाले पूर्व र पश्चिमका पहाडी क्षेत्रमा सैन्य गतिविधी सञ्चालन गरेको बुझिएको छ । सैन्य गतिविधी अगाडि बढाएसगै नेकपाले आक्रमणका गतिविधीलाई समेत अगाडि बढाएको छ ।यसरी आक्रमणका गतिविधी अगाडि बढाउने क्रममा आइतबार उदयपुरको एक गाउँपालिकाको कार्यालयमा वम विस्फोट गराएको छ । यद्यपी आक्रमणबाट कुनै किसिमको मानवीय क्षति भने भएको अवस्था छैन ।

प्रतिवन्धित नेकपाका पछिल्ला गतिविधी हेर्ने हो भने लामो समयसम्म खासै आक्रमणका घटनाहरु गरेको देखिएको थिएन । तर केही दिन यता फेरी आक्रमणका घटनाहरु हुन थालेका छन् । यो क्रम अब बढ्दै जाने संकेत देखिएको छ । त्यसैले प्रतिवन्धित नेकपाका गतिविधीलाई सरकारले गम्भीर ढंगले लिनु पर्दछ । अन्यथा आगामी दिनमा अप्रिय घटनाहरु दोहोरिन सक्दछन् । सरकारको नजरमा हेर्ने हो भने प्रतिवन्धित नेकपाका गतिविधी पूर्ण रुपमा आपाराधिक गतिविधी हुन् । तर प्रतिवन्धित नेकपा भने सरकारको भनाईसंग पूर्ण रुपमा असहमत छ । प्रतिवन्धित नेकपा भने आफूहरुले सञ्चालन गदैै आई गतिविधी आपराधिक नभई राजनीतिक विषय भएको दावी गर्दै आईरहेको छ । यस्तो अवस्थामा यो विषयलाई गम्भीर ढंगले लिनु जरुरी देखिन्छ । अन्यथा मुलुकमा यसले भविष्यमा गम्भिर संकट निम्तिने निश्चित छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s