रोकिएन जुवातास

नेपालको कानुनले जुवातास जुवातास खेल्ने खेलाउने दुबै कार्यलाई निषेध गरेको छ । कसैले जुवातास खेल्ने खेलाउने गरेमा दुबै कार्यलाई अपराध मानिन्छ र कानुन बमोजिम कार्वाही समेत हुने गर्दछ । नेपालको वर्तमान कानुनलाई आधार मान्ने हो भन्ने पहिलो पटक जुवा तास खेल्ने र खेलाउने व्यक्तिलाई तीन महिना सम्म कैद र ३० हजार सम्मको जरिवाना रहेको छ । त्यस्तै दोस्रो पटकमा एकबर्ष सम्म कैद वा जरिवाना रहेको छ । त्यसैगरी दोस्रो पटक पछि पनि प्रकाउ परेमा हरेक पटक तीन महिना कैद र १० हजार जरिवाना रहेको छ । जबकि २०७५ भदौमा मुलुक आचार संहिता लागू हुनु अगाडि जुवा ऐन २०२० अनुसार जुवा खेल्ने र खेलाउने व्यक्ति पहिलो पटक प्रकाउ परेमा दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटक देखि प्रकाउ परेमा नौ महिना सम्म कैदको सजाय रहेको थियो । जुन जुवा ऐन फितलो भएको भन्दै चौतर्र्फी रुपमा आलोचना हुने गरेको थियो । यहाँसम्मकि जुवा ऐन फितलो भएका कारण जुवा खेल्ने र खेलाउने क्रममा कमि नआएको भनेर टिप्पणी समेत हुने गर्दथ्यो । सायद, त्यहि विषयलाई मध्यनजर गर्दै २०७५ भदौमा मुलुक आचार संहिता लागू गरी जुवा खेल्ने र खेलाउनेलाई कानुनी कार्वाहीमा कडाई गरिएको हुनु पर्दछ ।

धेरैले अपेक्षा गरेका थिए मुलुक आचार संहिता लागू भएसगै जुवा खेल्ने र खेलाउने क्रममा अवश्य पनि कमि हुनेछ होला भनेर । तर त्यसपछि जुवा खेल्ने क्रम रोकिएको छैन । खासगरी जुवा दशै तिहार लगायतका चाडपर्वमा बढीमात्रा खेल्ने र खेलाइने गरिन्छ । तनहुँकै हकमा हेर्ने हो भने पनि दशै तिहार यता हप्तामा ३÷४ वटा जुवाडेहरुको समूह प्रहरीको कार्वाहीमा परिरहेका छन् । तैपनि जुवा खेलाउने क्रम रोकिएको छैन । खासगरी जुवा खेल्ने र खेलाउने धन्दामा संलग्न व्यक्तिहरु प्रकाउ परेसगै राजनीतिक पहुँचका प्रयोगका माध्यमबाट जुवाडेहरु छुट्नेक्रमले पनि जुवा खेल्ने र खेलाउने क्रम रोकिएको छैन ।जुन अत्यन्त घातक छ । यस किसिमका घातक पक्षलाई रोक्ने विषयमा सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s