मल अभाव र बाढीको प्रभावका कारण तनहुँमा धान उत्पादन बढेन

दमौली ,७ मंसिर ।
मलको अभाव र बाढीको प्रभावले गर्दा तनहुँमा यो वर्ष वर्षे धान उत्पादनमा वृद्धि भएको छैन ।
बाढीले क्षती नपुगेकोको मल पाएको ठाउँमा ८ प्रतिशत वृद्धि भएपनि बाढीले बगाउँदा मल नपाएको ठाउँमा पनि उत्तिकै नोक्सान भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।
तनहुँमा यो वर्ष १२ हजार ६०० हेक्टर जमिनमा धान खेती गरिएकोमा ५ हजार १४८ मेट्रिकटन धान उत्पादन भएको तिवारीले बताए । गत वर्ष पनि सोही क्षेत्रफलमा उक्त परिमाणको उत्पादन भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार चुँदीफाँट, कलेस्ती, पुर्कोट, अत्रौली, पुट्टार आँबुखैरेनी, साँगे लगायत फाँट धान खेतीका लागि प्रख्यात मानिन्छन् । स्थानीय भन्दा उन्नत जातमा उत्पादन बढ्ने भएकोले कृषकहरु उन्नत जातको धान लगाउन आर्कषित भएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s