तनहुँमा विप्लवको सैन्य तालिम !

दमौली ,७ मंसिर ।
तनहुँको पहाडी क्षेत्रमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीको सैन्य तालिम सम्पन्न भएको खुलासा भएको छ ।
बाह्रखरी डटकमले सुरक्षा स्रोतले उद्धृत गर्दै उल्लेख गरे अनुसार कोरोनाको मौका छोपेर विप्लव नेतृत्वको नेकपाले पूर्व र पश्चिमका केही जिल्लामा सैन्य तालिम सम्पन्न गरेको हो । विप्लवको सैन्य तालिममा जनमुक्ति सेना पूर्व लडाकु भएको सुरक्षा स्रोतलाई उद्धृत बाह्रखरी डटकमले जनाएको छ । यस विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसंग सम्र्पक गर्दा विप्लव नेतृत्वको समूहले सैन्य तालिम सम्पन्न भएको विषय आफूलाई जानकारी नभएको बताए ।


कुन क्षेत्रमा भयो होला त विप्लवको सैन्य तालिम ?
विप्लव नेतृत्वको नेकपाले तनहुँमा सैन्य तालिम सम्पन्न गरेको विषयमा तनहुँ प्रशासन समेत अनभिज्ञ रहेको छ । तर केही दिन अगाडि विप्लव नेतृत्वको नेकपाले भिमाद नगरपालिकाको वडा नं २ मा स्थानीय ३० घर परिवारलाई राहत सामाग्री वितरण गरेको समाचार सार्वजनिक भएको थियो । विप्लव नेतृत्वको नेकपाले राहत वाँडेको हिसाबले सोही स्थानको आसपासको जंगली क्षेत्रमा सैन्य तालिम सम्पन्न भएको अनुमान लगाउन सकिन्छ । तर सैन्य तालिम सम्पन्न भएको आधिकारिक पुष्टि हुन भने बाँकी रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s