तत्कालका लागि टर्यो नेकपा भित्रको संकट

सत्तासिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र देखिएको चरम विवाद तत्कालका लागि टरेको छ । विवाद यति चरम उत्कर्षमा पुगेको थियो पार्टी विभाजन हुने खतरा समेत रहेको थियो । तर अन्तिम समयमा पार्टीका पहिलो वरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट एक कदम पछाडि हटि सचिवालय बैठकमा सहभागी भएसगै नेकपा भित्रको तत्कालको संकट टरेको हो । यद्यपी तत्कालका संकट टरेता पनि अबको ८ दिन पछि हुने सचिवालय बैठकले कस्तो निर्णय गर्छ त्यो भने सर्वत्र चासोको विषय बनिरहेको छ । खासगरी पछिल्लो पटक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लक्षित गरी राजनीतिक प्रतिवेदन पेश गरेको विषयलाई ओली असन्तुष्ट रहेका छन् । यहाँसम्मकी दाहालले पेश गरेको प्रतिवेदन फिर्ता हुने अडान ओलीको रहेको थियो । तर ओलीको अडान यथावत रहिरहन सकेनन् । यसैबीच वुधबार सम्पन्न सचिवालय बैठकमा ओलीले समेत आगामी बैठकमा राजनीतिक प्रतिवेदन पेश र गर्ने सहमति सहित कार्यकारी अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनको जवाफ दिने सहमति भएको छ । त्यसलाई नेकपाको आन्तरिक जीवनमा सकारात्मक हिसाबले हेरिनु पर्दछ ।

तर नेकपा भित्र छिनछिनमा नयाँ–नयाँ राजनीतिक घटनाक्रम विकसित हुनेक्रम जारी रहेको हुँदा ८ दिनपछि हुने सचिवालय बैठक हुँदाको अवधिसम्म के–कस्ता घटनाक्रम विकसित हुने हो यसै भन्न सकिने अवस्था छैन । बिहिबारकै सञ्चार माध्यममा हेर्ने हो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफू माथि लगाईएका आरोपहरु प्रमाणित हुन नसकेको खण्डमा कार्यकारी अध्यक्ष दाहाल जिम्मेवारीबाट हट्नुपर्ने अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीको यो पछिल्लो व्यक्ति पनि निकै अर्थपूर्ण रहेको छ । हेर्दै जाउँ नेकपा भित्रको तत्कालका लागि टरेको संकट दीर्घकालिन रुपमा समाधान हुन्छ कि हुन्न ? त्यो त समयले देखाउने छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s