
दमौली , ४ मंसिर । वन्दिपुर गाउँपालिका वडा नं १ छापमा जुवा खेल्दै गरेको अवस्थामा १४ जना प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार स्थानीय रविन पौडेलको घरमा मंगलबार राती जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा उनीहरु प्रकाउ परेका हुन् ।प्रकाउ पर्नेमा भिमसेन भन्ने रोल बहादुर सुनार, भक्त बहादुर थापा मगर, प्रजुन बस्नेत, भरत कामी, हिक्मत शेराला, लक्ष्मण कपाली, राज कुमार कपाली, राजु पौडेल, सन्त बहादुर थापा, सुरज सुनार, विकास बि।क, रवि कपाली, महेश कपाली र मनिष थापा उनीहरुको साथबाट ५५ हजार ६ सय ५ रुपैयाँ ,कौडा १६ थान समेत बरामद गरिएको छ । प्रकाउ परेकाहरुलाई कार्वाही प्रक्रिया अगाडि बढाईएको डिएसी तिमिल्सेनाले बताए ।