मानहुँकोटको प्रचार—प्रसारमा साहित्य सम्मेलनको विशेष योगदान रहेको छ— अध्यक्ष उदास

दमौली ,०४ मंसिर ।
साहित्यको माध्यमबाट मानहुँकोटलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख व्यक्ति मध्ये एक हुन् गीतकार सागर उदास । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्ष समेत रहेका उदासले मानहुँकोटलाई जोडेर लेखेका गीत थुप्रै छन् । महोत्सवका लागि लेखेका गीतमा पनि उनले मानहुँकोटलाई छुटाएका छैनन् ।
गीत लेखेर मात्रै हैन देशभरिका साहित्यकारलाई मानहुँकोटमा सम्मेलन गरेर प्रचार÷प्रसारमा टेवा पु¥याएका छन् उदासले । उदासको सक्रियतामा २०६६ सालमा वृहत साहित्य सम्मेलन तथा साहित्यिक पर्यटन पदयात्रा गरिएको थियो । त्यतिबेला ४० जिल्लाका चर्चित साहित्यकारको जमघट भएको थियो । राष्ट्रिय गीतका रचयिता प्रदीपकुमार राई (व्याकुल माईला) प्रमुख अतिथि रहेका थिए । वरिष्ठ साहित्यकारहरु सरुभक्त, रमेश पौडेल, भूपिन व्याकुल, देविप्रसाद वनवासी, सुरेन्द्र अस्तफल, रमेश प्रभात, अभय श्रेष्ठ लगायतका साहित्यकारकार मानहुँकोट पु¥याईएको थियो ।


साहित्यको माध्यमबाट ग्रामिण पर्यटन प्रवद्धन गर्ने उद्धेश्यले मानहुँकोटको प्रचार— प्रसार गर्न उक्त कार्यक्रम गरिएको उदाशले बताए । दमौलीको अनशन चौतारीबाट सुरु गरिएको उक्त सम्मेलनको लागि चापाघाटबाट मानहुँकोट पर्यटन विकास समिति, तत्कालिन समसुर गुल्म, स्थानीय आमा समुह र क्लबले पञ्चेबाजा र पूmलमालाले स्वागत गरेर वाहिरका १ सय १२ र बाँकी स्थानीय गरी २ सय ५० जना साहित्यकारहरुलाई मानहुँकोटको रमणीय स्थलको अवलोकन र स्थानीय सस्कृतिको बारेमा जानकारी दिईएको थियो । उदासले सोही बेला दमौलीका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाई पनि मानहुँमा पु¥याएका थिए । त्यतिबेला सम्म मानहुँकोटमा जग्गाको खरीद तथा विक्री थिएन साहित्यको माध्यमले प्रचार प्रसारमा टेवा पुगेपछि जग्गाको भाउ महंगो भएको पाएको उदासले बताए । त्यतिबेला ट्याक्टर बाहेका अन्य सवारी साधन नजाने हुनाले पैदलै यात्रा गराएको उदाश बताउँछन् । ‘मानहुँकोटलाई प्राथमिकता दिएर अहिले जे जति पूर्वाधारहरु निर्माण भएका छन् ति खुसीका कुरा हुन् तर ति पर्याप्त नभएकोले थप विकासको लागि ध्यान दिन जरुरी छ ।’ उदाशले भने । मानहुँ प्रति प्रगाढ माया भएकोले यसै असोज र कात्तिमा गरी दुईपटक मानहुँ पुगेर घुमेर आएको उदासले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s