पूर्वमन्त्री भण्डारीले स्व. गौतम प्रति श्रद्धाञ्जली व्यक्त गरे

दमौली , ४ मंसिर । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पूर्वमन्त्री स्व.भिमप्रसाद गौतम प्रति निवासमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पूर्व मन्त्री भण्डारीले बिहिबार वन्दिपुर गाउँपालिकाको पिप्ले स्थित स्व. गौतमको निवासमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सो अवसरमा स्व.गौतमले लोकतान्त्रिक प्राप्तको आन्दोलन ,सामाजिक र शैक्षिक क्षेत्रमा पुरयाएको योगदानको बारेमा पूर्वमन्त्री भण्डारीले चर्चा गरेका थिए । त्यसैगरी स्व.गौतमका परिवाजन प्रति पूर्वमन्त्री भण्डारीले हार्दिक समवेदना समेत व्यक्त गरेका थिए । त्यस्तै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले समेत बिहिबार नै स्व.गौतमको निवासमा पुगेर स्व.गौतम प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्व.पूर्वमन्त्री गौतम प्रति विभिन्न राजनीतिक दल ,सामाजिक संघ संस्थाका प्रतिनिधी र सर्वसाधारणहरुले श्रद्धाञ्जली व्यक्त गर्नेक्रम जारी रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s