दमौली अस्पतालमा औषधीको अभाव, बिरामी मर्कामा

अमरराज नहर्की
दमौली,०४ मंसिर ।
दमौली अस्पतालमा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालको प्रशासनको लापरवाहीले गर्दा बिरामीले औषधी नपाएका हुन् ।
औषधीको अभाव हुँदा न्यून आर्थिक अवस्था भएका बिरामी समस्या परेका छन् भने पैसा तिरेर स्वास्थ्य विमा गर्नेहरु पनि औषधी नपाएपछि आक्रोशित छन् । अस्पतालमा औषधी अभाव भएपछि निजी क्लिनमा धाउन पर्ने बाध्यता सृजना भएको छ । स्वास्थ्य विमा गरेकी व्यास नगरपलिका–३ पराशरटोल निवासी मधुमाया रानाभाटले चार महिना अघि देखि अस्पतालमा औषधी नपाएको गुनासो गरिन् । ‘पहिला पहिला औषधी पाईन्थ्यो पेसर, सुगरको औषधी नपाउँदा बाहिर किन्नु परेको छ ।’ स्वास्थ्य विमा गर्नेहरुले तनहुँको भिमाद स्थित अस्पतालमा भने औषधी पाएको तर विरामी प्रति संवेदनशिल नभएकाले दमौलीमा नपाएको मधुमायाले भनिन् ।


अस्पतालको फार्मेसीमा बस्ने अहेब अनिता थापाले ६ महिना भन्दा पनि अघि देखि नै औषधी पर्याप्त नभएको बताईन् । ‘अन्य औषधीको त कुरै छोडौं जीवनजल र सिटामोलको औषधी पयाप्त छैन ।’ अहेब अनिताले भनिन् । औषधी छैन भनेर धेरै पटक फिर्ता गर्नु पर्ने भएकोले बिरामी आक्रोशित हुने गरेको उनी बताउँछिन्। सुगर, प्रेसर जस्ता नियमित औषधी खाने विरामी धेरै मर्का परेको अनिताले बताईन् । अस्पतालको प्रशासन अधिकृत गुरुदक्त घिमिरे डेन्डर प्रक्रियामा ढिलाई हुँदा औषधीको अभाव भएको बताए । ‘अब हामी डेन्टरको प्रक्रियामा गएका छौं दुई साता पछि औषधी आउँछ ।’ घिमिरेले भने । अस्पतालले सिधै औषधी किन्न नसक्ने र टेण्डर प्रक्रिया लम्बिन पुग्दा ढिलाई भएको उनी बताउँछन् । साथै घिमिरेले अस्पतालले टेण्डर गरी एक करोड रुपैयाँ औषधी खरीद गर्न लागेको बताए ।


दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बिरामीले औषधी नपाएको गुनासो आएपछि अस्पतालका प्रमुख डा. सुनिल पौड्याललाई बारम्बार समस्याबारे बताए पनि समाधान नभएको बताए । ‘टेन्डर गरी चाँडै नै समस्या हल गर्न भनेको छु समाधान नभएमा पत्रकार सम्मेलन गरेर जानकारी दिन्छु भनेको छु ।’ अधिकारीले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s